पाँच दिनदेखि अवरुद्ध संसद खुल्ने,भूकम्प पीडितलाई सुरुमा डेढ लाख दिने गरी सहमति

असार १५, २०७३- सत्ता र प्रतिपक्षबीच भूकम्प पीडितलाई घर निर्माणका लागि सुरुमा डेढ लाख रुपैयाँ र घर निर्माण सकिएपछि बाँकी पचास हजार गरी दुई किस्तामा रकम दिने बुधबार सहमति भएको छ ।
संसद भवन नयाँ बानेश्वरमा शीर्ष नेताहरुबीच भएको बैठकमा उक्त सहमति भएको हो । एमालेका प्रमुख सचेतक भानुभक्त ढकालका अनुसार नेताहरुबीच उक्त सहमति भएको हो ।
प्रमुख प्रतिपक्षी काँग्रेसले भूकम्प पीडितलाई घर निर्माणका लागिथ दिने भनिएको दुई लाख रुपैयाँ रकम एक मुष्ठ दिनु पर्ने माग गर्दै संसद पाँच दिन देखि संसद अबरुद्ध गर्दै आएको थियो ।