शेर्पा संघ इजरायल द्वारा मिर्गौला पिडितलाई आर्थिक सहयोग हस्तान्तरण

शेर्पा संघ इजरायल द्वारा ललितपुर जिल्ला भैसीपाटी खोकना दोबाटो कार्यविनायक नगरपालिका वडा नं – ३ निवासी मिर्गौला पिडित / दुवै मिर्गौला फेल भएकी बिरामी चेली भागिरथी श्रेष्ठलाई उपचारको लागि संस्थाका कार्यकारी सदस्य अाङछिरी शेर्पाकाे संयोजकत्वमा संकलित आर्थिक सहयोग रकम नेपाली रुपियाँ १,०५,०००/- (अक्षरुपी- एक लाख पाँच हजार) आषाढ १२ गतेका दिन नेपाल बिद्यार्थी मञ्चका बरिष्ठ उपाध्यक्ष साङ्गे मिङ्मा शेर्पा मार्फत पिडित बिरामीलाई हस्तान्तरण गरेको छ |
दुबै मृगौला फेल भएर अार्थिक अबस्था कम्जोर तथा नाजुक भएर उपचारर्थ गर्न नसकेकी श्रेष्ठलाई “सेवा नै धर्म हाे” भनेर शेर्पा संघ इजरायलले उपचाको लागि आर्थिक सहयोग संकलन गरी नेपाल पठाएको अाङछिरी शेर्पाले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |
दु:खत घडीमा साथ तथा सहयोग गरि दिनु हुने सम्पूर्ण सहयोगी मनका धनिहरुलाई शेर्पा संघ इजरायल द्वारा धन्यवाद व्यक्त गर्नु हुँदै पिडितकाे शीघ्र स्वास्थ्य लाभकाे कामना समेत गरेको छ |