कतारमा नयाँ शक्तिले ‘इद’ को अवसरमा शुभकामना आदान प्रदान गर्ने

दोहा – नयाँ शक्ति नेपाल पार्टीको भात्री संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारले आगामी जुलाई ०६ का दिन माजा होटेल ( नेशनल एरिया नजिक वोकुत पेट्रोल पम्प अगाडी) बिहान १०:३० बजे देखि नेपालमा “नयाँ शक्ति नेपाल” पार्टीको घोषणा तथा मुस्लिम समुदायको महान चाड “इद” को अवसरमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजन गर्ने भएको छ | नेपालबाट कार्यक्रमको लागि प्रमुख अतिथि नयाँ शक्तिका केन्द्रिय संगठन बिभाग प्रमुख देबेन्द्र पौडेल,अतिथिहरुमा श्रीमती नासिमा खान (महिला तथा मुस्लिम नेत्री) र इन्द्र राज भटराई ( विदेश बिभाग सदस्य) लाई आमन्त्रण गरिएको छ |
कार्यक्रममा उपस्थितको लागि कतार स्थित सम्पूर्ण संघसंस्थाहरुलाई पत्राचार गरिएको छ | कुनै कारणवश पत्र प्राप्त नभएमा मिडियाको आएको समाचारलाई आधार मानी उपस्थित हुन सबैलाई अन्तर्राष्ट्रिय नेपाली समाज कतार द्वारा हार्दिक आग्रह गरेको छ |
साथै कार्यक्रमलाई भब्य र सब्य रुपमा सफल पार्नको लागि कतारमा रहनुभएका नयाँशक्ति नेपाल पार्टीका सम्पुर्ण अभियान्ता, शुभ चिन्तक तथा बुद्धिजीबी वर्ग र व्यवसायीहरु एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आफ्नो गरिमामय उपस्थितिको लागि अन्तर्राष्ट्रिय नेपाली समाज कतार (नयाँ शक्ति कतार) ले हार्दिक निमन्त्रणा गरेको छ |
सम्पर्क
रोसन – ३०९३३७८६ (संयोजक )
लाल भट्ट-३३१२७७२० (सह-संयोजक)
ध्रुब क्षेत्री -३३१५७००३ (प्रवक्ता)
अन्तर्राष्ट्रिय नेपाली समाज कतार(INS )