नयाँ शक्तिको सचिवालय बैठक सम्पन्न, ३ जना सहसंयोजक,जिम्मेवारी बाँडफाँट

१४ असार २०७३
यही मिति २०७३ साल असार १०, १२, १३ र १४ गतेका दिन चार दिनसम्म पार्टीको केन्द्रीय सचिवालयको वैठक संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षतामा बस्यो । बैठकका निम्न कार्यसूची र निर्णयहरु सार्वजनिकीकरणकालागि यो प्रेस–विज्ञप्ती जारी गरिएको छ ।
१. बैठकको आरम्भमा शहीदहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै संयोजकले वैठकको कार्यसूची प्रस्तुत गर्नुभयो । जसमा: १. पार्टी स्थापना राष्ट्रिय भेलाको समीक्षाबारे, २. विधान प्रतिवेदन सहितका राजनैतिक तथा आर्थिक दस्तावेजहरुको अनुमोदन, ३. संगठन निर्माणसम्बन्धी, ४ कार्यविभाजन बारे, ५.तात्कालिक कार्ययोजनाबारे, ६. आर्थिक प्रतिवेदनबारे र ७ विविध समेत संलग्न थिए ।
निर्णयहरू:
१. पार्टी स्थापना राष्ट्रिय भेला अन्तर्गत काठमाडौंको दशरथ रंगशालामा आयोजना गरिएको पार्टी घोषणा तथा सामूहिक शपथ–ग्रहण कार्यक्रम भव्य रुपमा सफल भएको, संस्थापक सदस्यहरुको उत्साहवद्र्धक उपस्थिति, जनताको व्यापक सहभागिता, राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रबाट अतिथिका रुपमा व्यक्त शुभकामना, कुटनैतिक क्षैत्रको उपस्थिति एवं सञ्चारमाध्यमबाट प्राप्त भएको सहयोग समेतका आधारमा नयाँ पार्टीको स्थापना मात्रै हैन एक वैकल्पिक राजनैतिक धारको स्थापना भएको समीक्षा गरियो । यसैगरी दुई दिने छलफल–सत्र समेत गुणात्मक छलफल र उत्साहजनक र भव्य रुपमा समापन भएको समीक्षा गरियो । कार्यक्रममा व्यवस्थापन पक्षमा रहेका कमजोरीबारे पनि समीक्षा गर्दै आगामि दिनमा थप सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरियो ।
२. राष्ट्रिय भेलावाट गठित कार्यदलले परिमार्जन सहित पेश गरेको विधान प्रतिवेदन पारित गर्ने निर्णय गरियो । प्रत्यक्ष निर्वाचन प्रणालीको अवलम्वन गर्दै अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी एवं कार्यसमिति सदस्यहरु सम्पूर्ण सदस्यहरुबाट प्रत्यक्ष निर्वाचित हुने आजसम्मकै नौलो व्यवस्था, एक व्यक्ति एक कार्यकारी पद र दुई कार्यकाल, चुनिएका प्रतिनिधिले जिम्मेवारी पूरा नगरेमा निर्वाचित प्रतिनिधिलाई प्रत्याह्वानको अधिकार प्रयोग गरी फिर्ता बोलाउने व्यवस्था, आन्तरिक अनुशासनको प्रश्नमा पार्टीभित्र शक्तिशाली अनुशासन आयोग र पार्टीका नेता कार्यकर्ताका बारेमा पार्टीबाहिर गम्भीर आरोप लागेमा स्वतन्त्र छानविनकालागि लोकपालको व्यवस्था, पार्टीलाई सदाचार र पारदर्शी वनाउन सदाचार आयोग र लेखा आयोगको व्यवस्था समेतको विशेषता वोकेको विधानको कार्यान्वयनसँगै सुशासन र पारदर्शीता पार्टी र राजनैतिक नेता कार्यकर्ताहरुको जीवन व्यवहार बन्ने विश्वास लिइएको छ ।
साथै राजनैतिक तथा आर्थिक दस्तावेजलाई परिमार्जनसहित निरन्तर प्राप्त सुझावहरु संलग्न गर्दै महाधिवेशनसम्म जाने र महाधिवेशनबाटै अन्तिम रुपमा परिमार्जन गर्ने गरी पारित गर्ने निर्णय गरियो । पारित गरिएको राजनैतिक दस्तावेजमा आजसम्मका दर्शन र राजनैतिक प्रणालीको समीक्षा गर्दै २१ औं शताब्दीको आजको सन्दर्भमा तीब्रतम रुपमा विकसित समाजलाई नेतृत्व गर्न सक्ने दर्शन र राजनैतिक प्रणालीको विकास गर्ने ध्येय लिइएको छ भने वैकल्पिक रुपमा विकास हुँदै गरेको विश्व राजनीतिको धारलाई नेपाली राजनीतिको क्षेत्रबाट थप योगदान पुर्याउने लक्ष्य राखिएको छ ।
आजको राजनीति विकास र समृद्धिको राजनीति बन्नुपर्छ भन्ने आवाज नेपाली समाजको बस्तुगत यथार्थ हो भन्ने कुरालाई आत्मसात गर्दै विकास र समृद्धिको खाका नामक छुट्टै कार्ययोजना सहितको दस्तावेज प्रस्तुत गरिएको नेपाली राजनीतिक अभ्यासमा नौलो हो । राजनीतिलाई आर्थिक विकाससँग जोड्ने र समृद्धि सम्भव छ हाम्रै पालामा भन्ने नारालाई व्यवहारमा उतार्ने यो दस्तावेजको अभिष्ट छ ।
३. केन्द्रीय कार्यकारी समितिको गठन:
(क) पारित अन्तरिम विधान अनुरुप अन्तरिम केन्द्रीय परिषद्को सचिवालयलाई केन्द्रीय कार्यकारी समितिमा रुपान्तरण गरिएको छ । केन्द्रीय कार्यकारी समितिको संख्या ९९ नबढ्ने गरी महिला र दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक सदस्य थपिएको छ ।
ख) केन्द्रीय कार्यकारी समितिको सह–संयोजकमा रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोवलाई चयन गरिएको छ ।
४. केन्द्रीय कार्यकारी समितिको कार्यविभाजन
I. विभाग/समिति/संयन्त्र/आयोग
१. राजनीतिक समिति
संयोजक – डा. बाबुराम भट्टराई
सहसंयोजक – रामचन्द्र झा, महेश कोर्मोचा
२. राष्ट्रिय मामिला संयन्त्र
संयोजक – परशुराम तामाङ
३. अनुशासन आयोग
संयोजक – परशुराम खापुङ
४. राजनीतिक संवाद समिति
संयोजक – मुमाराम खनाल
५. संगठन विभाग
संयोजक – देवेन्द्र पौडेल
६. संसदीय मामिला विभाग
संयोजक – केशव दाहाल
७. सचिवालय व्यवस्थापन तथा अनुगमन विभाग
संयोजक – वामदेव क्षेत्री
सहसंयोजक – सविना अर्याल
८. प्रशिक्षण विभाग
संयोजक – डम्बर खतिवडा
९. नीति अध्ययन तथा अनुसन्धान विभाग
संयोजक – डा. केशवमान शाक्य
१०. आर्थिक व्यवस्थापन तथा सुशासन विभाग
संयोजक – रामेश्वर खनाल
११. अन्तर्राष्ट्रिय विभाग
संयोजक – हिसिला यमी
१२. सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग
संयोजक तथा प्रवक्ता – खिमलाल देवकोटा
१३. शहीद तथा वेपत्ता परिवार, घाइते/अपांग एवं द्वन्दप्रभावित परिवार व्यवस्थापन विभाग
संयोजक – ध्रुव पराजुली
१४. संघीय मामिला तथा स्थानीय विकास विभाग
संयोजक – रामकुमार शर्मा
१५. सुरक्षा विभाग
संयोजक – गणेश राई
१६. महिला विभाग
संयोजक – कल्पना धमला
१७. युवा विभाग
संयोजक – देवेन्द्र पराजुली
१८. खेलकुद विभाग
संयोजक – नारायणराज पाण्डे
१९. साँस्कृतिक विभाग
संयोजक – करिष्मा मानन्धर
२०. श्रम, सहकारी तथा स्वरोजगार विभाग
संयोजक – डा. प्रदीपमान तुलाचन
२१. कृषि, वन तथा भूमि मामिला विभाग
संयोजक – मदन राई
२२. उद्योग, वित्त, वाणिज्य विभाग
संयोजक – जनक शाह
२३. पर्यटन विभाग
संयोजक – अशोक शर्मा
२४. शिक्षा तथा विज्ञान प्रविधि विभाग
संयोजक – डा. राजेन्द्र केसी
२५. स्वास्थ्य तथा योग साधना विभाग
संयोजक – डा. प्रवीण मिश्र
२६. जलस्रोत, उर्जा तथा भौतिक पूर्वाधार विभाग
संयोजक – हरिराम कोइराला
२७. कानुन तथा मानवअधिकार विभाग
संयोजक – मुक्ति प्रधान
२८. गैर–सरकारी संघसंस्था संयोजन विभाग
संयोजक – दुर्गा सोव
सहसंयोजक – लिली थापा
२९. दलित, अल्पसंख्यक तथा समाजकल्याण विभाग
संयोजक – सुशीला सिर्पाइली
३०. सदाचार आयोग (Ethics Commission)
संयोजक – नाथुप्रसाद चौधरी
II. प्रादेशिक/आंगिक संगठन
१. प्रदेश नं. १
संयोजक – पासाङ शेर्पा
२. प्रदेश नं. २
संयोजक – महेन्द्र पासवान
३. प्रदेश नं. ३
संयोजक – गंगानारायण श्रेष्ठ
४. प्रदेश नं. ४
संयोजक – वलावती शर्मा
५. प्रदेश नं. ५
संयोजक – सुरेन्द्र चौधरी
६. प्रदेश नं. ६
संयोजक – भक्तबहादुर शाह
७. प्रदेश नं. ७
संयोजक – लीलादेवी भण्डारी
८. विदेश/प्रवास शाखा
संयोजक – नवराज सुवेदी
९. आंगिक संगठन तथा पेशागत संयन्त्र
संयोजक – कुमार पौडेल
१०. उपत्यका सम्पर्क संयन्त्र
संयोजक – वीरेन्द्रकुमार पोखरेल
सहसंयोजक – कृष्ण शर्मा
११. आंगिक संगठन उत्प्रेरक
क) किसान – सोनामछिरिङ शेर्पा
ख) मजदूर – कुमार पौडेल
ग) विद्यार्थी – मुमाराम खनाल
घ) महिला – कल्पना धमला
ङ) भूपू सुरक्षाकर्मी – नारायणराज पाण्डे
५. तत्कालीन कार्ययोजनाका रुपमा तीन महिने कार्ययोजना (असार १५–असोज १५) पारित गरिएको छ । जसमा देशभित्रका सात वटै प्रदेश र प्रवास समेत गरी ८ स्थानमा राष्ट्रिय भेलाको सन्देश सम्प्रेषण कार्यक्रम सम्पन्न गर्ने निर्णय गरिएको छ । यसैगरी वैचारिक तथा राजनैतिक प्रशिक्षण सञ्चालन गर्ने, सदस्य वितरण र संगठन निर्माणको विस्तृत कार्ययोजना कार्यान्वयन गर्ने, राजनीतिक ध्रुवीकरण अभियान सञ्चालन गर्ने, संगठनात्मक तयारी पूरा भएका वडाहरुमा सम्मेलन गर्दै जाने संगठनात्मक निर्णयहरु गरिएको छ । यस्तै पार्टी कार्यालयको स्थापना र सो को व्यवस्थित सञ्चालन गर्ने, सरकारी कार्यालयहरुसँग समन्वय गर्ने, आंगिक संगठनहरु, सम्पर्क संयन्त्र र सामाजिक संगठनहरुसँग समन्वय र व्यवस्थित परिचालनको कार्यायोजना कार्यान्वयन गर्ने निर्णय गरिएको छ । देशभर एक लाख वृक्षारोपण गर्ने गरी हरियो नेपाल अभियान सञ्चालन गर्ने, महंगी, कालाबजारी, अभाव र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने, भूकम्पप्रभावित क्षेत्रमा पुन:निर्माण कार्यक्रम सञ्चालन गर्ने, महिला हिंसाविरुद्ध हेल्प डेस्क अभियान चलाउने, तराई–मधेश र जनजाति बहुल क्षेत्रका राष्ट्रिय आन्दोलनमा ऐक्यवद्धता सहित स्थानीय विशेषता अनुरुप जनपरिचालन अभियान सञ्चालन गर्ने ।
६. आजसम्मको पार्टीको आय–व्ययको विवरण कार्यालयबाट प्रस्तुत भई अनुमोदन गर्ने निर्णय गरियो ।
७. भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणकालागि उत्साही युवा इन्जिनियरहरु विगतदेखि नै लागिराखेको अवस्थामा नयाँ शक्ति नेपालको अगुवाई र पहलकदमीमा एक ट्रष्ट स्थापना गरी लागिपर्ने निर्णय गरियो ।
८. पूर्णकालीन तथा अंशकालीन सदस्यहरुको व्यवस्थापन नीति पारित गरिएको छ । जसमा व्यक्ति होइन पद पूर्णकालीन हुने, पूर्णकालीनहरुलाई मासिक आधारभूत खर्चको व्यवस्थापन गर्ने, पूर्णकालीन पदमा रहेर पनि अवैतनिक सेवा उपलब्ध गराउन सक्ने उल्लेख छ । पूर्णकालीन सदस्यहरुको खर्चको व्यवस्थापन नियमित लेबी र पार्टीको आयबाट व्यहोरिने र सोको विवरण व्यवस्थित लेखा प्रणालीअनुसार राखी पारदर्शी बनाइनेछ ।
९. जिल्ला परिषद् सदस्य हिरा वि.क. र नरबहादुर बुढाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरियो ।
अन्तमा, बैठक समापन गर्दै संयोजकले भन्नुभयो – अबको कार्यभार विकास र आर्थिक समृद्धि सहितको नयाँ वैकल्पिक धारको सिर्जना गर्दै सदाचार र सुशासन सहितको राजनीति हो । त्यसकालागि जनतामा व्यापक संगठन विस्तार गर्नुपर्ने र इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्न सबै एकतावद्ध भई लाग्नुपर्नेमा उहाँको जोड थियो ।
धन्यवाद ।
खिमलाल देवकोटा
प्रवक्ता
नयाँ शक्ति नेपाल