हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

चौहत्तर प्रतिशत अदक्ष कामदार विदेशमा

जनकपुरधाम, असार १४ गते । वैदेशिक रोजगारमा बर्सेनि अदक्ष श्रमिक जाने क्रम बढ्दै गएका कारण ठगिने र दुखद् घटनामा वृद्धि हुँदै गएको तर्फ ध्यानाकर्षण गराइएको छ ।

सामुदायिक विकासका लागि सहकार्य नेपाल र नवयुवा सरस्वती क्लबद्वारा सोमबार आयोजित ‘सुरक्षित आप्रवासन’ विषयको कार्यक्रमका सहभागीले राम्रोसँग कुरा नबुझी लहैलहैमा लागी वैदेशिक रोजगार जानाले पनि जोखिम बढ्दै गएको बताउनुभयो । एक तथ्याङ्क अनुसार नेपालबाट वैदेशिक रोजगारमा ७४ प्रतिशत अदक्ष श्रमिक गइरहेका छन् ।

सो अवसरमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशक निर्मला थापाले सही सूचना समयमै नपाएका कारण पनि वैदेशिक रोजगार दुखद् बनेको छ भन्नुभयो । कार्यक्रम प्रबन्धक खड्गबहादुर थापाका अनुसार नेपालका ५० लाख श्रमिक भारतमा विभिन्न क्षेत्रमा कार्यरत छन् ।

नेपाली काँगे्रसका सचिव कोमलकान्त झाले अधिकांश रोजगारदाताले फरक प्रकृतिको काम गराई शोषण गरिरहेका छन् भन्नुभयो । नेकपा (एमाले)का राजकिशोर यादवले कम्पनीले अपारदर्शी ढङ्गले वैदेशिक रोजगारमा पठाउने गरेका कारण पनि आप्रवासन असुरक्षित बन्दै गएको प्रसङ्ग उल्लेख गर्नुभयो । तराई– मधेस लोकतान्त्रिक पार्टीका परमेश्वर साहले सम्झौता अनुरूप काम नदिने प्रवृत्ति मौलाउँदै गएको धारणा राख्नुभयो ।

सामुदायिक विकासका लागि सहकार्य नेपालका अध्यक्ष रामबाबु अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा संयोजक यम घिमिरेले ८५ प्रतिशत व्यक्ति श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा गइरहेकाले पनि दुर्घटना र दैवी प्रकोपको बेला उद्धारमा समस्या आउने गरेको बताउनुभयो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution