हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

सल्यानमा इजरायली प्रविधिबाट तरकारी खेती शुरु

सल्यान – सल्यानमा पहिलो पटक इजरायली प्रविधिबाट टमाटार खेती शुरु गरिएको छ । सल्यान कोर्वांगझिम्पेको दारिमज्यूलामा हाडटेक प्रविधिबाट झन्डै ६० लाखको लागतमा गोलभेडा खेती शुरु गरिएको हो । दारिमज्युला सहकारी संस्थाको अगुवाइमा कोर्वांगझिम्पे गाविसको वडा नम्बर–२ दारिमज्यूलामा १५ रोपनी क्षेत्रफलमा ३८ वटा फलामे टनेल बनाएर खेती गरिएको सहकारी संस्थाका अध्यक्ष केश बहादुर विष्टले बताए ।

‘हामीले सम्भवत यस क्षेत्रमै पहिलोपटक यो प्रविधिबाट गोलभेडा खेती शुरु गरेका छौँ’ उनले भने, ‘ एकपटक लगानी गरिसकेपछि पटक–पटक ठूलो लगानी गर्नु नपर्ने र गोलमेल पनि धेरै गर्नु नपर्ने भएपछि यसतर्फ हामीले हात हालेका हौँ ।’ एकैपटक ठूलो लगानीबाट तरकारी खेती सुरु गरिएको पहिलो घटना भएको बताउदै उनले हाइटेक प्रविधि सल्यानीहरु सबैका लागि नयाँ प्रविधि भएको बताए ।

फलामको टनेलभित्र खेती गरिने सो प्रविधि अन्र्तरगत भुईमा प्लाष्टिक मल्च राखिने हुँदा गोडमेलको झन्झट नहुने, किराबाट जोगाउन जालीको व्यवस्था गरिएको र छानाबाट तापक्रम वस्थापन गर्न हरियो मेट राखिएका कारण यो लोकप्रिय भएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत टेक प्रसाद लुईटेलले बताए ।

थोपा सिचाई प्रविधिबाट सिचाईको व्यवस्था गरिएको र ८ मिनेटमा १२ हजार विरुवालाई एकैपटक सिचाई हुने समेत उनले बताए । कुल ६० लाखको लगानी रहेकोमा एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रमको ४८ लाख र बाँकी स्थानिय किसानहरुको लगानी छ । कृषकहरुले ३८ वटा फलामे टनेलभित्र १२ हजार बढि टमाटरका विरुवा रोपेका छन् ।

जिल्लामा झण्डै २७ सय प्लाष्टिक टनेलहरु बाँसका भएकाले बढिमा ३ देखि ५ वर्ष टिक्छन्, तर यो फलामको भएकाले ५० वर्ष टिक्छ उनले भने । कृषकहरुले लगाएको सो १२ हजार गोलभेडाको बिरुवाबाट वार्षिक झण्डै ५० लाख बराबरको गोलभेडा उत्पादन हुने लुईटेलले बताए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution