हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

पिएचडी होल्डर ज्योतिष प्रहरी फन्दामा

काठमाडौं– अमेरिका, जापान, क्यानाडा लगायतका देशमा पठाउने बहानामा ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले एक पिएचडी होल्डर ज्योतिषलाई प्रक्राउ गरेको छ । प्रहरीले पुण्यप्रसाद दंगाललाई थानकोटको अरविन्द्र योग आश्रमबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यसरी ठग्थे दंगाल

जापान, क्यानाडा, अमेरिका लगायतका मुलुकहरुमा भुकम्प पीडित कोटामा पठाई दिनको लागि विषेश कोटा आएको छ भन्थे
प्रलोभन देखाई विभिन्न व्यक्तिहरुबाट ठुलो मात्रामा रकम लिन्थे |
दंगाल सिन्धुपाल्चोक सानोसिरुवारी –६ का स्थायी बासिन्दा हुन् भने अहिले काठमाडौंको मण्डिकाटार बस्छन् । उनी ७५ बर्षका भएका छन् ।

यसरी परे फन्दामा

पीडितहरुले महानगरीय अपराध महाशाखामा आई निवेदन दिएका थिए ।त्यसपछि महाशाखाबाट खटिएको विषेश टोलीले उनलाई प्रक्राउ गरेको थियो ।पक्राउ परेका उनलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ ।

प्रारम्भिक अनुसन्धानमा भेटियो

–दंगालले जोतिषी सिद्धान्तमा एिएचडी गरेको, सस्कृत र फलितमा आचार्य पास एवं एमएससी र एइएड डिग्री प्राप्त गरेका छन् ।
–कास्की जिल्ला र रुपन्देही जिल्लामा पुर्व जिल्ला शिक्षा अधिकारीका रुपमा ५ बर्ष कार्य गरी अवकाश लिएका थिए ।
–द्धन्दकालमा विस्तापित भई अमेरिकामा ४ बर्ष बसेका थिए । त्यहीबाट अमेरिका,जापान,क्यानाडामा सम्पर्क स्थापित गरेका थिए ।
–अहिलेसम्म ७ जनालाई अमेरिका पठाई सकेका थिए ।
–अमेरिका,जापान,क्यानाडामा उनका एजेन्ट छन् ।
–विजय भण्डारीबाट ४ लाख २५ हजार, मोहिनी ताल्चा महतबाट ५ लाख, सगुन मानान्धरबाट २ लाख, छिरीङ्ग तामाङ्गबाट १ लाख,राम बहादुर तामाङ्गबाट १ लाख,खुदनाथ घोडासैनिबाट ४ लाख ४० हजार, विकाश तामाङ्गबाट ३ लाख, सितामाया तामाङ्गबाट ३ लाख ४५ हजार गरी जम्मा २४ लाख ३० हजार लिएको देखिएको छ ।
–अमेरिकाको लागि १६ लाख,क्यानाडाको लागि १२ लाख र जापानको लागि १० लाख असुल्थे ।
–अहिले अरु पीडित खोज्दैछ प्रहरी ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution