आङकाजि शेर्पाको भजन गाउदै गरेको फोटो सामाजिक संजालमा भाइराल

संघीय गठबन्धन द्वारा अनशन गर्दै बसेको खुल्लामन्चमा संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य आङकाजि शेर्पा पण्डितको भेषमा उत्रिएका छन् | शेर्पा पण्डितको भेषमा भजन गाउदै गरेको फोटोहरु सामाजिक संजालमा भाइराल बनेको छ |
“प्रभु, हतियार उठाउनु नपरोस ! शिर्षकको भजन अनशन स्थलमा शेर्पाले गाएका थिए | भजनको पूर्ण अंश यस प्रकार रहेका छन् |
प्रभु, हतियार उठाउनु नपरोस !(भजन गीत)
ओम मधेसी जनजाती हरे
प्रभु खस शिल्पी मुस्लीम हरे
पहिचानका लागि प्रभु
संघीयतका लागि प्रभु
पटक पटक आन्दोलन गरे
ओम संघीय गठबन्धनले
देश छ हाम्रो समावेशी
सिंहदवार किन १जाती
प्रभु सिंहदरबार किन १जाती
प्रतिनिधित्व सबको बराबर
हुनु हुन्न तल माथी
प्रभु हुनु हुन्न तल माथी
पहिचान हाम्रो स्वभिमान
नेपाल हामी सबैको प्राण
प्रभु नेपाल हामी सबैको प्राण
समयकोमाग धर्म निरपेक्ष
गणतन्त्र नेपालको सान
प्रभु गणतन्त्र नेपालको सान
सबैको समान अधिकार
संघीय प्रदेशहरुमा
प्रभु संघीय प्रेदशहरुमा
शिक्ष रोजगारी सबैले पाउछन्
जानु पर्दैन कोही विदेशमा
प्रभु जानु पर्दैन कोही विदेशमा
षडयन्त्र हुदैछ अहिले
गठबन्धन लाई फुटाउन
प्रभु पहिचानवादीलाई फुटाउन
नशलावादी विरुद्ध लडन
उत्पीडित सबै जुटौना
प्रभु उत्पीडित सबै जुटौन
युग युगसम्म
हाम्रो एकता अविरल चलिरहोस
जति पटक वार्ता भए पनि
जति पटक आन्दोलन भए पनि
हामी बीच फुट नओस
प्रभु हामी बीच फुट नओस
शासित भयौ सयौ वर्ष
शासनग¥यो एउटै जातले
प्रभु शासनग¥यो एउटै जातले
मागेर अधिकार नपाए
खोस्नु पर्छ हाम्रै हातले
प्रभु खोस्नु पर्छ हाम्रै हातले
प्रतिगामी संविधान होयो
चाडै पुर्नलेखन होस
प्रभु चाडै पुर्नलेखन होस
संविधान पुर्नलेखन गर्न
हतियार उठाउनु नपरोस
प्रभु हतियार उठाउनु नपरोस