हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

फोनिजको तीन दिने खोज पत्रकारिता तालिम सम्पन्न

प

काठमाण्डौं,असार १२-नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) को आयोजना र नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा (असार १०—१२) सञ्चालित ‘खोज पत्रकारिता तालिम’ आज राजधानीमा सम्पन्न भएको छ ।

नेपाल आ.ज. उत्थान प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङको प्रमुख अतिथिमा,डण्ड गुरुङको अध्यक्षतामा कार्यक्रम सञ्चालन टेकराज थामीले गर्नु भएको थियो ।

प्रमुख प्रशिक्षक मोहनसिं लामा र गणेश राईले विशेष प्रशिक्षण दिनु भयो । कार्यक्रममा १९ जिल्ला बाट प्रशिक्षक र प्रशिक्षार्थीको उल्लेखनीय सहभागी भएको थियो ।

नेपाल पत्रकार महासंघका सचिव तथा सम्मानीय उपराष्ट्रपतिका प्रेस सल्लाहकार मनोज घर्तीको मन्तव्यको क्रममा उनले यस कार्यक्रमबाट प्रशिक्षार्थीको क्षमता अभिवृद्धि गर्ने र फोनिजको बारेमा जानकारी लिन र पछि भविष्यमा यसलाई दु्रत गतिमा विकास गर्न अहिले तालिम लिएका प्रशिक्षार्थीहरु मध्ये बाटनै काधहाली जिम्मेवारी लिन सक्ने गरी बन्नु पर्नेछ भनी बताए ।

“पहिचान विनाको संघीयता र मातृभाषा विनाको जनजाति” कल्पना समेत गर्न सकिदैन भनी कार्यक्रममा मोहन सिं लामाले पत्राकारितामा जनजाति पत्रकारको सहभागिता निकै कम भएको र यस तालिम बाट उपस्थित प्रशिक्षार्थीहरु शत प्रतिशतनै पत्राकारिता क्षेत्रमा लाग्नुपर्ने र लाग्न अनुरोध गरे ।

प्रमुख अतिथि गुरुङले पत्राकारले मूलकलाई उल्टाई दिन र पल्टाई दिन सक्छ त्यसैले जनजाति पत्रकार आचांर संहिता लाई ध्यानमा राखी आर्थिक लोभ लालचमा नफसी जनजातिको विकास र उत्थानको लागि जनजाति पत्रकारको अत्यन्त गहन भूमिका रहेको बताए ।

फोनिजका अध्यक्ष डण्ड गुरुङले राज्यबाट शोषित वर्ग,लोपोन्मुख जनजाति सधै राज्यको मूलप्रवाहीकरणमा नर्पनु जस्ता यी जनजातिको यी समस्यालाई पत्राकार साथीहरुले बुभि यस प्रति चासो गर्नुपर्ने विषय हो भनी जस्तो विउ रोपे त्यस्तो फल फल्ने भनी समाज परिवर्तनको लागि जनजातिको उत्थान र विकासको लागि पत्राकार साथीहरु हरदम गुणात्मक ढंग बाट अगाडि बढ्नु पर्ने बताए ।

कार्यक्रम डण्ड गुरुङले समापन गरेका थिए । @ राज्यसत्ता |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution