डा. गोविन्द केसीको मानसिक उपचार गर : अख्तियार

असार १२ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसीको ‘मानसिक उपचारको व्यवस्था मिलाउन’ सरकारलाई आग्रह गरेको छ ।
अख्तियारका प्रमुख आयुक्त लोकमानसिं कार्कीले पूर्वाग्रही भएर काम गरेको आरोप लगाउँदै उनीमाथि महाअभियोग लगाउनुपर्ने माग गरी केसीले अनसन घोषणा गरेकै दिन अख्तियारले केसीको मानसिक स्वास्थ्यको उपचारको आग्रह गरेको हो ।
‘आफ्नो न्यूनतम आचरण र जिम्मेवारीको दायराबाट बिमुख केसीको मानसिक उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्थाका लागि समेत आयोग सरकारसाग आग्रह गर्दछ’, अख्तियारको विज्ञप्तिमा भनिएको छ ।