हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

बेलायतलाई ईयूबाट चाँडो बाहिरिन सुझाव

u
आफूबाट अलग्गिने निर्णय लिएको बेलायतलाई ढिला नगरी बाहिरिन युरोपियन युनियनका नेताहरुको सुझाव दिएका छन् ।

अब ढिलो गर्दा अनावश्यक अनिश्चितता बढ्ने उनीहरुको भनाइ छ । ईयूबाट अलग्गिने बेलायती निर्णयप्रति अफशोच जनाउँदै नेताहरुले आवद्ध देशका नागरिकमा शान्ति र स्थिरता कायम राख्न अपील पनि गरेका छन् ।

यसअघि, युरोपियन युनियनमा रहने वा नरहने विषयमा गरिएको जनमत संग्रहमा जनताले अलग्गिने निर्णय गरेपछि बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

प्रधानमन्त्री क्यारुनले आफूले महारानी एलिजावेथलाई भेटेर आगामी अक्टोबरमा हुने कन्जरभेटिभ पार्टीको सम्मेलनपछि नयाँ नेतालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने जानकारी दिएको बताएका छन् ।

ईयूबाट बेलायत अलग्गिनु पर्ने पक्षमा जनमत संग्रहको परिणाम आएपछि क्यामरुनमाथि पदबाट राजीनामा दिन दबाब बढेको थियो । यस मुद्दामा स्वयं उनको पार्टी कन्जरभेटिभमै पनि मत विभाजन भएको थियो ।

सन् २०१५ मा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री क्यामरुनको कन्जरभेटिभ पार्टीले ६ सय ५० सीट रहेको हाउस अफ कमन्समा ३ सय ३० सीट प्राप्त गरेकोे थियो ।

निर्वाचनका समयमा बेलायत इयुमै रहने वा नरहेने बिषयमा जनमत संग्रह गराउने बचन दिएकाले क्यामरुनले यो निर्वाचन गराएका हुन् । जनमत संग्रहमा क्यामरुनको मत पराजित भएपनि कन्जरभेटिभ पार्टी भने सरकारबाट तत्काल बाहिरिने छैन ।

क्यामरुनले राजीनामा दिएपनि उनको कन्जरभेटिभ पार्टीबाटै नयाँ प्रधानमन्त्री चुनिने छ । सन् २०१५ मा भएको निर्वाचनबाट विपक्षमा पुगेको लेबर पार्टीको भने संसदमा २ सय ३२ सीट मात्र रहेको छ । (एजेन्सी)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution