अन्तर्राष्ट्रिय तामाङ परिषद्को बैठक सम्पन्न , के के निर्णय भयो त ?

२०७३ असार ११ ,याम्बु । अन्तर्राष्ट्रिय तामाङ परिषद्को बैठक काठमाडौंमा संस्थाका अध्यक्ष महेन्द्रजंग तामाङ, उपाध्यक्षहरू काजीमान तामाङ, बुद्धबज्र लामा, छत्र लामा, असलमान तामाङ र मनिक लामा, सदस्य मीना तामाङ र सदस्य सचिव प्रतीक ङेसुर तामाङ उपस्थितमा सम्पन्न भएको छ |
बैठकले सिक्किममा तामाङ सांस्कृतिक पुनर्जागरण गोष्ठीको आयोजना गर्ने, एक महिनाभित्र परिषद्को सदस्यता लिन विभिन्न देशमा क्रियाशील संस्थाहरूलाई आह्वान गर्ने, अन्तर्राष्ट्रिय तामाङ कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको छ ।
बैठकमा अखिल भारतीय तामाङ बौद्ध संघका उपाध्यक्ष दावा गोले, महासचिव एमके योञ्जन र सहसचिव युएस योञ्जनका साथै नेपाल तामाङ संघ दक्षिण कोरिया चन्द्रध्वज तामाङको समेत उपस्थिति रहेको थियो ।
– प्रतिक ङेसुर तामाङ ला फेसबुक ग्यामसे |