तामाङ फापारे व्हाइ सम्बन्धि छलफल र बृत्तचित्र प्रर्दशन सम्पन्न

असार – ११ ,याम्बु | तामाङ जातिको मौलिक पहिचान बोकेको फाफारे गीत (व्हाइ) को बृत्तचित्र प्रर्दशन आज काठमाडौंमा सम्पन्न भएको छ ।
हिजोका दिनहरुमा अघिल्लो पुस्ताहरुले फापारे गीत (व्हाइ) लाई निरन्तर जात्रा, पर्वहरुमा गाउदै आएपनि पछिल्लो समयमा उक्त गीत गाउने पुस्ताको खडेरी लाग्नेक्रम जारी रहेको छ । हरेक तामाङ युवा पुस्ताले यसलाई निरन्र्तता दिदै संरक्षण गर्नुपर्दछ भन्ने उदेश्यका साथ तामाङ डाजाङले उक्त बृत्तचित्र प्रर्दशन गरिएको हो ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा तामाङ डाजाङले निर्माण गरिएको उक्त २८ मिनेटको बृत्तचित्रलाई डाजाङका पूर्व अध्यक्ष बुद्ध योन्जन लामाले निर्देशन र सम्पादन गरिएको थियो । प्रर्दशन पछि भने बृहत छलफल गरिएको थियो ।
छलफलमा पासाङ मोक्तान, मनिकलाल घिसिङ, तेजबहादुर योन्जन, च्याङ्बा लामा, टिका बम्जन, रन्जना मोक्तान, धनकुमारी घिसिङ, ङेमा गोले, ढुप्साङ लामा सत्तलसिं योन्जनलगायतले आ–आफ्नो जिज्ञासा र अनुभव सुनाउनु भएको थियो ।
मन्तव्यको क्रममा तामाङ भाषा विद् अमृत योन्जन–तामाङले बृत्तचित्र माथि सुझाव दिनुहुँदै संरक्षण र सम्बद्र्धनमा सबैको ध्यान जान आवश्यक रहेको बताउनु भयो । साथै कुनै पनि स्थापित चीजलाई भत्काउने अनि नयाँ निमार्ण गर्न नजान्ने प्रवृति हामी माँझ रहेकोले अवको दिनहरुमा अध्ययन गरी अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको छ । त्यसैगरी चन्द्रकुमार मोक्तान, प्रेम लोप्चन र लालबहादुर योन्जनले फापारे गीतसंग तामाङ जातिको जीवन शैली गाँसेको हुँदा यसलाई संरक्षण र सम्बद्र्धनका लागि तामाङ डाजाङले गरेको प्रयास सह्रानीय रहेको बताउनु हुँदै लोप हुँदै गएको फापारे गीतलाई संरक्षण गर्नु सबैको कर्तव्य रहेको समेत बताउनु भएका छन् । कार्यक्रम तामाङ डाजाङकी अध्यक्ष सन्चु ब्लोनको अध्यक्षतामा सम्पन्न भएको थियो ।
@ तामाङ डाजाङ डेक्स् ग्यामसे |