अमेरिकामा रोजगारीको माध्यम द्वारा कसरी ग्रीन कार्ड पाउँछन् ?

अमेरिकामा बर्षेनी हजारौ व्यक्तिहरुले रोजगारीको माध्यम दवारा ग्रीन कार्ड प्राप्त गर्ने गर्छन किनकि रोजगारीको माध्यम द्वारा ग्रीन कार्ड फाइल गर्ने धेरै तरिकाहरु मध्य निम्न तरिकाहरु : आफैले दिएको आबेदनको आधारित ग्रीन कार्ड, जागिरको प्रस्ताबमा आधारित ग्रीन कार्ड, लगानीको माध्यम दवारा ग्रीन कार्ड र विशेष वर्गहरूको लागि प्राप्त विशेष काममा आधारित ग्रीन कार्ड (जस्तै: धार्मिक कामदार आदि ) प्रमुख रुपमा रहेका छन्।
जानकारीका लागि , रोजगारमा आधारित ५ वटा वर्गहरू ई. बि.-१ देखि ई. बि.-५ सम्म रहेका छन । [१] अमेरिका सोहि अनुरुप अधिकतम १४०,००० वटा रोजगारीमा आधारित ग्रीन कार्डको कोटा संसार भरिका मुलुकहरुलाई बर्षेनी उपलब्ध हुन्छ। [SEE, INA § 203 (8 U.S.C. 1153)] प्रत्येक देशले १४०००० को ७ प्रतिशत अर्थात अत्यधिक ९८०० सम्मको कोटाको ग्रीन कार्ड प्राप्त गर्न सक्छन र त्यसमध्ये १४०००० को कोटा संसार भरिका लागि ५ क्याटगरिहरुमा अर्थात प्रत्येक देशले म्याक्सीमम प्राप्त गर्न सक्ने ९८०० को ग्रीन कार्डको कोटा ५ क्याटगरिहरुमा उपलब्ध हुने गर्दछ । सोहि अनुरुप, ई. बि.-१ को प्राथमिकतामा पर्ने संसार भरिका व्यक्ति हरु: असाधारण प्रतिभा भएको व्यक्ति, उत्कृष्ट प्राध्यापक र अनुसन्धान कर्ताहरुले १४०००० को २८.६ प्रतिसत अर्थात ४०,००० हजार सम्म ग्रीन कार्ड पाउछन । त्यसकारण, ई. बि.-१ मा प्रत्येक देशले ९८०० को २८.६ प्रतिसत अर्थात २८०२ र ई. बि.-४ र ई. बि.-५ मा देशलाई प्राप्त भएका तर सो वर्गमा प्रयोग नगरिएका ग्रीन कार्डको नम्बरहरु पनि प्राप्त हुन्छ ।
त्यसैगरी, ई. बि.-२ को प्राथमिकतामा पर्ने व्यक्ति हरु: उच्च श्रेणीका डीग्री भएका व्यवसायीहरु र असाधारण क्षमता भएको संसार भरिका व्यक्तिहरुले पनि १४०००० को २८.६ प्रतिसत अर्थात ४०,००० हजार सम्म ग्रीन कार्ड पाउछन। त्यसकारण, ई. बि.-२ मा प्रत्येक देश ले ९८०० को २८.६ प्रतिसत अर्थात २८०२ र माथि उल्लेखित ई. बि-१ मा मा देश लाइ प्राप्त भएका २८.६ प्रतिसत मध्य प्रयोग नगरिएका ग्रीन कार्डको नम्बरहरु ई. बि.-२ मा प्राप्त हुन्छ । त्यसैगरी, संसार भरिका ई. बि.-३ को प्राथमिकतामा पर्ने व्यक्ति हरु: योग्यता पुगेका कुसल अर्थात व्यावसायिक कामदारहरुले पनि १४०००० को २८.६ प्रतिसत अर्थात ४०,००० हजार सम्म ग्रीन कार्ड पाउछन। त्यसकारण, ई. बि.-३ मा प्रत्येक देश ले ९८०० को २८.६ प्रतिसत अर्थात २८०२ र माथि उल्लेखित ई. बि-२ मा मा देश लाइ प्राप्त भएका २८.६ प्रतिसत मध्य प्रयोग नगरिएका ग्रीन कार्ड को नम्बर हरु ई. बि.-३ मा प्राप्त हुन्छ ।
ई. बि.-४ को प्राथमिकतामा पर्ने संसार भरिका व्यक्तिहरु: बिशेष आप्रबाशी हरु र धार्मिक कामदार हरु ले १४०००० को ७.१ प्रतिसत अर्थात १०,००० हजार सम्म ग्रीन कार्ड पाउछन। त्यसकारण, ई. बि.-४ मा प्रत्येक देश ले ९८०० को ७.१ प्रतिसत अर्थात ६९५ ग्रीन कार्डको कोटा प्राप्त गर्ने गर्छन।ई. बि.-५ को प्राथमिकता मा पर्ने संसार भरिका व्यक्ति हरु: योग्य आप्रबाशी लगानीकर्ताहरुले पनि १४०,००० को ७.१ प्रतिसत अर्थात १०,००० हजार सम्म ग्रीन कार्ड अमेरिकामा पाउछन। त्यसकारण, ई. बि.-५ मा प्रत्येक देश ले ९८०० को ७.१ प्रतिसत अर्थात ६९५ ग्रीन कार्ड को कोटा प्राप्त गर्ने गर्छन। @डिसीनेपाल |