हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

प्रवासी कामदारलाई सञ्चय कोषमा आबद्ध गर्न एनआरएनए संग समझदारी

pra
असार १०, २०७३- प्रवासमा कार्यरत नेपाली कामदारलाई कर्मचारी सञ्चय कोषमा आवद्ध गरी त्यसका सेवामा पहुँच दिने विषयमा सहकार्य गर्न सञ्चय कोष र गैर आवासीय नेपाली संघ (एनआरएनए)संघ बीच शुक्रबार दिउँसो समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।

कोषको मुख्यालय ललितपुरको पुल्चोकमा आयोजित कार्यक्रममा कोषका प्रशासक कृष्णप्रसाद आचार्य र एनआरएन अध्यक्ष शेष घलेले ७ बुँदे शर्त र अवस्था उल्लेखित एमओयुमा हस्ताक्षर गरे ।

एनआरएनएका पदाधिकारी र कोषका अधिकारीहरुको उपस्थितिमा भएको एमओयुमा कोषका कामु मुख्य अधिकृत राजेन्द्र काफ्ले र कार्यकारी निर्देशक राजेश शम्शेर राणा साक्षी छन् ।

एमओयुमा सञ्चय कोष ऐन संशोधन भएपछि प्रवासी नेपाली कामदारलाई कोषबाट सामाजिक सुरक्षा प्रदान गर्ने प्रक्रियाको लागि कोष र एनआरएनबाट संयुक्त अध्ययन गर्ने भनिएको छ । करिव डेढ वर्ष अघि दर्ता भएको ‘कर्मचारी सञ्जय कोष ऐनलाई संशोधन गर्न बनेको विधेयक’ हाल संसदको अर्थ समितिमा दफावार छलफलको क्रममा छ । विधेयक संसदबाट पारित भएर लालमोहर लागेपछि कोषमा वैदेशिक रोजगारमा कार्यरत कामदारले पहुँच र सेवा–सुविधा लिन पाउने छन् ।

एनआरएनले कामदारको सामाजिक सुरक्षा सम्बन्धी विषयमा गर्ने राष्ट्रिय/अन्तर्राष्ट्रिय गोष्ठी, छलफलमा कोषलाई सहभागी गराउने, कोष मार्फत बजारीकरण मिलाउने, सूचना र जानकारीहरु उपलब्ध गराउने एमओयुमा उल्लेख छ ।

वैदेशिक रोजगारमा कार्यरत कामदारको कट्टी रकम कोषमा ल्याउने प्रकृयाको लागि एनआरएनले सहयोग गर्ने, एमओयु कार्यान्वयनका लागि कोष र संघले आफ्ना निकायहरुलाई जानकारी गराई कार्यान्वय गर्ने र एमओयु कार्यान्वयमा द्धिविधा भए आपसी छलफलबाट हल गर्ने भनेर एमओयुमा हस्तारक्षर भएको छ ।

नेपाली कागजमा तयार पारिएको दुई पाने एमओयुमा हस्ताक्षर गरेर एक अर्कालाई हस्तारन्तरण गरेपछि एनआरएन अध्यक्ष घलेले एनआरएनको ‘हजारे अभियान (मासिक हजार रुपैयाँ जम्मा गर्ने)’ र कोषको कायदलको लामो अध्ययन र छलफलपछि तयार भएको यो सम्झौता दिर्घकालीन हुने बताए । ‘कतिपय सम्झौता दराजमा थन्किन्छन् तर यो नेपाली कागजजस्तै दिर्घकालिन हुन्छ,’ उनले भने, ‘अब कामदारको भलाई, लगानी, प्रतिफल र सामाजिक सुरक्षाको योजना बनाएर हामी अघि बढ्नुपर्छ ।’

कोषका प्रशासक आचार्यले दीगोपनको लागि कोष अन्तर्गत आप्रवासी कामदारको छुट्टै कोष बनाएर अघि बढ्न सकिन्छ भन्दै यसमा दुबैको सहकार्य जरुरी हुने बताए । ‘यो कोष राष्ट्र निर्माण र सञ्चयकर्ता कामदारलागि महत्वपूर्ण हुन्छ,’ आचार्यले भने, ‘एमओयु एउटा सानो पाइला हो तर यो मूल्यवान छ र प्रभावकारी कार्यान्वयनका लागि कोष प्रतिबद्ध छ ।’

२०१९ सालमा स्थापित ‘कर्मचारी सञ्चय कोष’ विशेषगरी सरकारी कर्मचारी, प्रहरी, सेना, शिक्षकलाई सामाजिक सुरक्षा सहायता र सरल क्रृण प्रवाहका लागि चिनिँदै आएको छ ।

हालसम्म सञ्चय कोषमा निजामती कर्मचारी, प्रहरी, सेना, शिक्षकहरुका अलवा १० जनाभन्दा बढी कार्यरत संगठित क्षेत्रका कर्मचारी/कामदार सहभागी हुन पाउने नियम छ । उनीहरुले आफ्नो तलब रकमको १० प्रतिशत रकम र त्यति नै रकम कार्यरत संस्थाले थपेर कोषमा जम्मा गर्छन् । अहिले कोषमा ५ लाख २५ हजार सञ्चयकर्ता छन् ।

संशोधित विधेयक पारित भएपछि हाल कोषमा आवद्ध कर्मचारी/कामदारका अलवा स्वरोजगारमा सम्लग्न ब्यक्ति पनि आबद्ध हुन पाउँछन् । स्वरोजगार व्यक्तिमा वैदेशिक रोजगारमा सम्लग्न व्यक्ति, अस्थायी वा सेवा रकारमा कार्यरत व्यक्ति, घरेलु कामदार, कृषक, असंगठित क्षेत्रमा कार्यरत मजदुर, चिया बगानका कामदार पर्छन् । कोषद्वारा गठित कार्यदलका सदस्य जितेन्द्र धितालका अनुसार कोषले नेपाली व्यवसायी र गैरआवासीय नेपाली (नेपालीमूलका विदेशी)लाई पनि समेट्नेछ ।

pr1

pra2

@इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution