हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नयाँ शक्तिको केन्द्रीय सचिवालयको वैठक शुरु, सवै तहका पदाधिकारीको प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था

Naya-Shakti-Nepal-Flag

काठमाडौं– नयाँ शक्ति नेपालले केन्द्रीय अध्यक्षसहित पार्टीका सवै तहका पदाधिकारीको प्रत्यक्ष निर्वाचन गर्ने विधि बनाउन लागेको छ । आज बस्ने पार्टीको केन्द्रीय सचिवालयको वैठकमा यही व्यवस्थासहितको परिमार्जित विधान पेश हुँदैछ । वैठक दिउँसो १२ बजेबाट बस्दैछ ।

पार्टीभित्र प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्ने नीति अनुसार सवै तहका पदाधिकारीको प्रत्यक्ष निर्वाचनको प्रावधानसहितको विधान परिमार्जन गरिएको दस्तावेज परिमार्जन कार्यदलका एक सदस्यले बताए । उनका अनुसार यो नेपाली राजनीतिमा विल्कुलै नयाँ प्रयोग हुनेछ । सीमित व्यक्तिको भेलाबाट नेतृत्व चयन गर्दा प्रत्यक्ष लोकतन्त्रको अभ्यास नहुँने भएकाले सवै पार्टी सदस्यले नेतृत्व छान्ने विधि खोज्न लागिएको उनले बताए ।

naya-metingनयाँ शक्तिले राज्यको कार्यपालिका प्रमुख प्रत्यक्ष निर्वाचित र व्यवस्थापिका पूर्ण समानुपातिकको नारा अगाडि सारेको छ । यो नारालाई बलियो बनाउन पनि पार्टीभित्र प्रत्यक्ष लोकतन्त्रको अभ्यास अगाडि बढाउन लागिएको ती नेताले बताए । माओवादी छाडेर हिँडेदेखि नयाँ पार्टी घोषणासम्म आउदासम्म नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग अगाडि बढाईरहेका छन् । उनको पार्टीले यसलाई आफ्नो राजनीतिक पनि बनाएको छ ।

नयाँ शक्तिले अहिले परिमार्जन गरेको विधान अनुमोदन भए पार्टी केन्द्रका पदाधिकारी देशभर र प्रवासमा रहेका पार्टी सदस्यको मतदानबाट चुनिने छन् । नेपालमो यो पहिलो प्रयोग हुने छ । अहिले प्रमुख राजनीति दलहरुले महाधिवेशन वा राष्ट्रिय सम्मेलनमा सहभागी हुन आउने प्रतिनीधि मार्फत नेतृत्व चयन गर्दै आएका छन् । नयाँ शक्तिको परिमार्जित विधान अनुसार नेतृत्व चयन गर्दा हरेक तल्ला–तल्ला तहमा पनि मतदान गर्नुपर्ने हुनेछ ।

नयाँ शक्तिले परिमार्जन गरेको मस्यौदा विधानमा केन्द्रीय सदस्यहरु भने कलष्टरका आधारमा निर्वाचित हुनेछन् । खस–आर्य, आदीवासी–जनजाती र मधेशी–थारु गरी तीन कलष्टरमा चयन हुनेछन् । यसबाहेक महिला र दलितको प्रतिनीधित्वका लागि पनि उनीहरुवीच नै प्रतिस्पर्धा गराएर निर्वाचित गर्ने परिमार्जित विधान मस्यौदामा छ । खुला केन्द्रीय सदस्य भने देशभरबाटै छानिने छन् ।

विधान परिमार्जन कार्यदलका एक सदस्य भन्छन्, ‘जस्तो कि नयाँ शक्तिको दुई लाख पार्टी सदस्य छन् भने उनीहरु सवै पार्टीको मुल नेतृत्व चयनका लागि मतदाता हुन्छन् ।’ परिमार्जित विधान अनुसार यस्तै निर्वाचन विधि प्रदेश, जिल्ला, गाउ र नगरपालिकामा पनि हुनेछ ।

प्रत्यक्ष निर्वाचन गर्दा अध्यक्षले अनिवार्य ५१ प्रतिशत मत ल्याएको हुनुपर्छ । पहिलो चरणमा कसैको पनि ५१ प्रतिशत मत नआए दोस्रो चरण धेरै मत ल्याउने दुई प्रतिस्पर्धीवीच चुनाव गराइनेछ ।

कार्यदलका ती सदस्यले यो चुनावी प्रक्रिया मंहगो र जटिल भएपनि प्रत्यक्ष लोकतन्त्रको अभ्यासका लागि आफ्नो पार्टीले जोखिम मोल्ने तयारी गरेका बताए । यसका लागि पार्टीभित्र बलियो निर्वाचन आयोग बनाउने र यसले राज्यको निर्वाचन आयोगसम्ग परामर्श गरेर काम गर्ने परिमार्जित विधानमा रहेको बताइएको छ ।

परिमार्जित विधान अनुसार तीन कलष्टरका खस–आर्य, आदीवासी–जनजाती र मधेशी–थारुबाट एक–एक जना उपाध्यक्ष तथा महिला र दलितबाट एक–एक जना गरि केन्द्रमा पाँच उपाध्यक्षको प्रस्ताव गरिएको छ । परिमार्जित विधान अनुसार ७० बर्ष भन्दा माथिका व्यक्तिले पनि मन्त्री, सांसद वा राज्यका अन्य राजकीय पद लिन सक्नेछन् । उनीहरुलाई पार्टीको कार्यकारी पदमा भने नराख्ने परिमार्जित विधानमा रहेको बताइएको छ ।

नयाँ शक्तिको कार्यदलको असार ६ र ७ मा बसेको वैठकले राष्ट्रिय भेलाका सबै सुझाव तथा प्रश्नको अध्ययन गरेको थियो । त्यसपछि विधान परिमार्जन गर्नेक्रममा अध्यक्षसहित पार्टीका सवै तहका पदाधिकारीको प्रत्यक्ष निर्वाचन गर्ने विधि तय गरिएको थियो ।

दस्तावेज परिमार्जन कार्यदलले पहिलो चरणमा भेलामा समूह छलफलपश्चात प्रस्तुत भएको १२ वटै समूहका सबै प्रश्न, जिज्ञासा र सुझावको अध्ययन सकाएको थियो ।

कार्यदलले करिव सात सय प्रश्न, जिज्ञासा र सुझावहरुको अध्ययन सकी तीन वटा दस्तावेजमध्ये पहिले विधान परिमार्जनको विषयमा छलफल गरेको थियो । कार्यदलले सबैभन्दा पहिले सुझाव, प्रश्नहरुलाई समेत समेटेर ‘संगठनात्मक सिद्धान्त र विधान’लाई अन्तिम रुप दिएको हो ।

विधानपछि ‘नयाँ शक्ति नेपालको आधारतत्व’ र ‘विकास र समृद्धिको मार्ग–चित्र’ दस्तावेजहरुको परिमार्जनको काम हुने कार्यदल सदस्यले बताए । दस्तावेज परिमार्जनपश्चात महाधिवेशनसम्म पार्टीभित्र र सार्वजनिक छलफलका लागि सार्वजनिक गर्ने तयारी भएको नयाँ शक्तिका प्रवत्ता खिमलाल देवकोटाले बताए ।

दस्तावेज परिमार्जन कार्यदलमा संयोजक डा. बाबुराम भट्टराई, देवेन्द्र पौडेल, रामेश्वर खनाल, परशुराम तामाङ, रामकुमार शर्मा, सुरेन्द्र चौधरी, कमला हेमचुरी, डम्बर खतिवडा, परशुराम खापुङ, रामचन्द्र झा, गंगा श्रेष्ठ, कल्पना धमला, महेन्द्र पासवान, पासाङ शेर्पा र केशव दाहाल छन् । मुमाराम खनाल र मदन राईलाई आमन्त्रित सदस्य बनाइएको छ ।

राष्ट्रिय भेलाबाट गठित कार्यदललाई तीनवटै दस्तावेजहरु ‘नयाँ शक्ति नेपालको आधारतत्व’, ‘विकास र समृद्धिको मार्ग–चित्र’ र ‘संगठनात्मक सिद्धान्त र विधान’ परिमार्जन गर्ने जिम्मा दिइएको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution