हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

युरोपेली युनियनबाट यूके छुटियो,छुट्टिनुपर्छ भन्ने पक्षमा ५२ प्रतिशत

असार १०, २०७३- बेलायतमा बिहीबार सम्पन्न ऐतिहासिक जनमत संग्रहपछि बेलायत अन्तत: युरोपेली युनियन (ईयू) बाट छुट्टिएको छ । बेलायत ईयू सदस्यका रुपमा रहने वा निस्कने भन्ने विषयमा भएको जनमत संग्रहमा छुट्टिनु पर्छ भन्ने पक्षमा ५२ प्रतिशत र बस्ने पक्षमा ४८ प्रतिशत मत पर्यो ।

नतिजा अनुसार, इंग्ल्यान्ड र वेल्सका जनताले बाहिरिनुपर्ने र लन्डन, स्कटल्याण्ड र नर्दन आयरल्याण्डका जनताले रहनुपर्ने पक्षमा मत दिए । ६० प्रतिशत लन्डनवासी र ६२ प्रतिशत स्कटिसले रहनुपर्ने पक्षमा मतदान गरेपनि बेलायत छुट्टिएको छ ।

नतिजासँगै बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई राजीनामा दिन दबाव बढेको छ । बीस वर्षदेखि बेलायत ईयूबाट निस्कनुपर्ने पक्षमा वकालत गर्दै आएका यूकिप पार्टीका नेता नाइजेल फराजले यसलाई स्वतन्त्रता दिवसका रुपमा चित्रित गरेका छन् । उनले प्रधानमन्त्री डेभिड क्यामरुनको राजीनामा समेत मागेका छन् । क्यामरुनले अहिले बिहान केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।

बेलायती प्रधानमन्त्री क्यामरुन, विपक्षी दलका नेता जेरेमी कोरबीनले रहनुपर्ने पक्षमा सशक्त वकालत गर्दै आएका थिए भने फराज, पूर्व मेयर बोरिस जोन्सन, माइकल गोभ लगायतले निस्कनुपर्नेमा ।

क्यामरुनले बेलायत युरोपेली युनियनमा बस्दा नै बढी सुरक्षित हुने र आर्थिक अवस्था पनि राम्रो हुने बताउंदै आएका थिए । अब यूकेको आर्थिक भविष्य के हुने भन्ने चिन्ता सर्वत्र छाएको छ ।

जनमत संग्रहमा ४ करोड ६५ लाख नागरिक मतदानका लागि योग्य भएपनि ७२.२ प्रतिशत मत खसेको थियो |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution