नयाँ संबिधानमा आदिबासी जनजातिको सवाल सम्बन्धि कार्यशाला (गोष्टि) सम्पन्न

राजेश रुम्बा लामा,पुर्बी चितवन |पूर्वी चितवन राप्ती नगरपालिकामा असार ८ र ९ गतेका दिन “नयाँ संबिधानमा आदिबासी जनजातिको सवाल बिषयक २ दिने कार्यशाला (गोष्टि)” सम्पन्न भएको छ |सामुदायिक विकास केन्द्र राप्ती-न.पा.-५ शिखर बस्तीको आयोजना र राप्ती नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो |
सोहि अवसरमा अधिकारकर्मी संजय कुमार चौधरीले चार पेज लामो आफ्नो अवधारणा पत्र समेत प्रस्तुत गरेका थिए भने अर्को अधिकारकर्मी बामदेब अधिकारीले सो अवधारणा माथि टिपणी गर्दै नयाँ संबिधानको बिषयमा प्रकास पार्नु भएको थियो |
लोकतान्त्रिक तामाङ्ग संघका अधक्ष्य दावा दोर्जे लामाको प्रमुख अतिथ्यमा उलेखिया जनसमुदायको उपस्थिति सहित गोष्टीको समुद्घाटन भएको थियो भने बिसेष्ठ अथिति राप्ती नगरपालिकाका कार्यकारी प्रमुख भगी रथ रेग्मी लगाएत अतिथिहरुमा प्राय यस नगरपालिकाका एकलजातिया संघ सस्थाका पदाधिकारीहरु रहेका थिए | दुइ दिन लामो सम्म चलेको उक्त गोष्टिमा नयाँ संबिधान र आदिबासी जनजातीको बिषयमा बृहद छलफल सहित भाबी दिनमा आदिबासी जनजातिले खेल्नु पर्ने भूमिका र आफ्नो हकअधिकारको निम्ति सबै जना एक जुट भै लाग्नु पर्ने निर्णय सहित यहि आउँदो श्रावन २५ गते नगरस्तरीय आदिबासी जनजाती महासंघ गठन गर्ने निर्णय गरेका छन् |
कार्यक्रमको अधक्ष्यता सामुदायिक विकास केन्द्रक अधक्ष्य सीताराम बलले गर्नु भएको थियो भने कार्यक्रम संचालन नेपाल तामाङ्ग घेदुङ्गका पूर्व केन्द्रीय सदस्य गोमन सिं रुम्बाले गरेका थिए |