सदभावनाका उपाध्यक्ष एवं पूर्व सभासद नयाँ शक्तिमा प्रवेश

असार – ९ , काठमाडौं । सदभावना पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं पूर्व सभासद शिवचन्द्र कुशवाहा नयाँ शक्ति नेपालमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य किरणकुमार साहसहित तीन दर्जन नेता कार्यकर्ता पनि नयाँ शक्तिमा आवद्ध भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आयोजित कार्यक्रममा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरे ।
नयाँशक्ति दोस्रो, तेस्रो वा चौथो पार्टी बन्ने भन्दा पनि पहिलो पार्टी बनेर समृद्धिको नेतृत्व गर्न गठन भएको उनले बताए । ‘तीन वटै क्लस्टरको एकताबाट राष्ट्रिय एकता कायम गर्दै समृद्धिको नेतृत्व गर्नु नयाँ शक्तिको ध्येय हो,’ भट्टराईले भने, ‘अधिकार सम्पन्न जनताको अधिकारसहितको एकताबाट मात्र यो सम्भव छ ।’
यसैबीच नयाँ शक्ति नेपाल पार्टी स्थापना राष्ट्रिय भेला गरेपछि पहिलो केन्द्रीय परिषद सचिवालय बैठक १० गते बोलाएको छ ।