नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतिमा विकास लामा निर्वाचित

चाैतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतिमा विकास लामा निर्वाचित भएका छन् । बुधबारबाट सुरू भएको १३ अाैं अधिवेशनमा बिहिबार भएको मतदानमा लामा ३,७३ मत ल्याउदै विजयी भएका हुन् । उनका प्रत्यासी हरिशरण श्रेष्ठले ३,५५ मत प्राप्त गरे ।यसैगरी सचिवमा झलक नेपाल र कोषाध्यक्षमा पासाङ दोङ विजयी भएका छन् ।
बुधबार भएको निर्वाचनमा सभापतिमा तीन जना चुनावी मैदानमा रहेकोमा विकास लामाले २४६ मत, हरिशरण श्रेष्ठले २३८ र भुपेन्द्रवहादुर थापाले २२८ मत प्राप्त गरेका थिए । त्यसपछि बिहिबार दोस्रो चरणमा लामा र श्रेष्ठ सभापतिका लागि चुनावी मैदानमा उत्रिएका हुन् । सचिवमा विजयी नेपाल श्रेष्ठ प्यानलका हुन् भने कोषाध्यक्ष दोङ सभापतिमा विजयी लामा प्यानलका हुन् । @everesttimesnews