हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

प्रचण्डको भ्रमण राेक्न न्यु साउथ वेल्सको क्याबिनेटमै उजुरी परेको खुलासा

 

aus1

सिड्नी—नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्ट्रेलिया भ्रमण रोक्न न्यु साउथ वेल्सका प्रिमियर समक्ष नै उजुरी परेको खुलासा भएको छ । दाहालको अस्ट्रेलिया भ्रमण औचित्यपूर्ण नभएको भन्दैं पुनःविचार गर्न माग गरिएको एक गोप्य पत्र अस्ट्रेलियाको एमएनटीभीले सार्वजनिक गरेको छ ।

२५ जुनमा सिड्नीमा हुने जनप्रगतिशील मञ्च अस्ट्रेलियाको अधिवेशलाई सम्बोधन गर्न दाहाल बुधबार अस्ट्रेलिया उड्ने तय भएको थियो । तर, अन्तिम समयमा दाहालले देशको परिस्थिती र पार्टीको आन्तरिक कामलाई कारण देखाउँदैं भ्रमण स्थगित गरेका थिए । दाहालको भ्रमणका लागि अस्ट्रेलियामा जनप्रगतिशील मञ्चले अन्तिम तयारी समेत थालिसकेको थियो ।

तर, दाहालले एकाएक अन्तिम समयमा भ्रमण रद्ध गरेका थिए । उनको भ्रमण रद्ध हुनुका पछाडि अहिले उक्त पत्रलाई पनि कारणका रुपमा हेर्ने थालिएको छ ।

एक नेपाली मूलका अस्ट्रेलियन नागरिकले न्यु साउथ वेल्सका प्रमियर माइक बेयर्ड समक्ष हालेको उक्त उजुरीमा दाहाललाई १५ हजार मानिस मारेको, सिभिल वारको कमाण्डर, १ लाख ५० हजार मानिस घरबारबिहीन बनाएको तथा ३७ मुद्धामा विश्वका विभिन्न अदालतमा मुद्धा चलिरहेको ब्यक्तिको अस्ट्रेलिया भ्रमण के औचित्यपूर्ण होला त भनी प्रश्न गरिएको छ ।

‘प्रचण्डको अस्ट्रेलिया भ्रमण आफ्ना अतिवादी विचारधारा प्रचार गर्नका लागि तथा हिंसालाई प्रोत्साहन गर्नका लागि र समुदायमा विभाजन पार्ने खालका हुनेछन्,’ अस्ट्रेलियास्थित एमएनटिभीले सार्वजनिक गरेको उक्त उजुरीमा भनिएको छ, ‘काठमाडौंको लाजिम्पाटमा सुविधासम्पन्न महलमा बस्दैं आइरहेका प्रचण्डका कारण उनका केही धनाढ्य छिमेकीहरु समेत डरत्रासमा बाँचेका थिए ।’

 

यस्तै उजुरीमा अगाडि भनिएको छ, ‘उनको महलको भाडा प्रतिमहिना ९ सय डलर (झण्डै १ लाख नेपाली) हुन्छ । तर, नेपालको प्रतिब्यक्ति आय हेर्ने हो भने मासिक सय डलरभन्दा कम छ ।’
दाहाललाई झण्डै १० मिलियन डलर बराबर भ्रष्टाचार गरेको र आफ्नो मात्र स्वार्थ पूरा गरेको उजुरीमा बताइएको छ । ‘अस्ट्रेलियाको नियम र कानुनलाई सम्मान तथा विश्वास गर्ने हैशियतले म अस्ट्रेलियन सरकारलाई प्रचण्डको अस्ट्रेलिया भ्रमणप्रति पुर्नविचार गर्न आग्रह गर्छु,’ इमेलमा लेखिएको छ, ‘हजारौ मान्छेको ज्यान जानुको कारण बनेका तथा साधारण जनतालाई अंगभंग बनाएका तथा देशमा डर, त्रासको भय बनाइ नेपालीहरुलाई देश छाड्न बाध्य बनाएका प्रचण्डको भ्रमणप्रति पुन विचार गर्न आग्रह गर्छु ।’

उक्त उजुरीमाथि जवाफ लेख्दैं अफिस अफ दि प्रिमियर अफ न्यु साउथ वेल्सका करेसपोन्डेन्स म्यानेजर गेल मिचेलले पुष्पकमल दाहालको भ्रमणबारे चासो देखाइएकोमा धन्यवाद दिएका छन् । ‘तपाईंको इमेलका लागि धन्यवाद मैले प्रिमियरमा रहेको हैशियतले यो तपाईंको कमेन्टको प्रतिक्रिया दिएको छु,’ इमेलमा भनिएको छ, ‘तपाईले उठाएको विषयले एनएसडब्ल्यु पुलिसलाई ध्यानाकर्षण गराउनेछ ।’

उनले अगाडि लेखेका छन्, ‘मैले आजै यस पत्रलाई डेपुटी प्रिमियर एण्ड मिनिष्टर फर जष्टिस एण्ड पुलिसलाई फरवार्ड गरिदिइसकेको छु । आशा छ, प्रहरीले यसप्रति ध्यानाकर्षण गर्नेछ ।’

उनले अस्ट्रेलिया प्रवेशका लागि प्रशासनिक काम फेडरल गभर्मेन्टले गर्ने हुँदा उनीहरुलाई समेत यो पत्र फरवार्ड गरिएको बताएका छन् ।

अस्ट्रेलियास्थित नेपाली दूतावासले भने प्रचण्डको उच्चस्तरीय भेटघाट मिलाउन नसकिएका कारण भ्रमणप्रति उत्साहित हुन नसकेको हुन सक्ने जनाएको छ । ‘यहाँको चुनावका कारण उच्च तहको भेटघाट भने मिलाउन सकिएन । त्यस कारण भ्रमणका लागि त्यति उत्साही नभएको हुन सक्छ,’ प्रचण्डको उच्चस्तरीय भेटघाट मिलाउने सक्रिय बनेका नेपाली राजदूतावास अस्ट्रेलियाका डेपुटी चिफ अफ मिसन राजेन्द्र पाण्डेले एमएनटीभीसँग भनेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution