युरो कप: अन्तिम १६ मा को को भिड्दै ?

असार ९ – युरोकप फुटबलको अन्तिम १६ को समिकरण पूरा भएको छ । बुधबार राति समूह चरणका अन्तिम खेल सकिएसँगै
नकआउट चरणको समिकरण पूरा भएको हो । ६ समूहमा रहेका २४ देशबाट प्रत्येक समूहको शीर्ष दुईमा रहेका गरी १२ तथा उत्कृष्ट तेस्रोमा रहेका चार टिम अन्तिम १६ मा पुगेका छन् ।
नकआउट चरणमा को को ?
समूह विजेता: फ्रान्स (समूह ए), वेल्स (समूह बी), जर्मनी (समूह सी), क्रोएसिया (समूह डी), इटाली (समूह इ) र हंगेरी (समूह एफ)समूह उपविजेता: स्वीट्जरल्याण्ड (समूह ए), इंग्ल्याण्ड (समूह बी), पोल्याण्ड (समूह सी), स्पेन (समूह डी), बेल्जियम (समूह इ) र आइसल्याण्ड (समूह एफ)उत्कृष्ट तेस्रो: स्लोभाकिया (समूह बी), रिपब्लिक अफ आयरल्याण्ड (समूह इ), पोर्चुगल (समूह एफ) र नर्दन आयरल्याण्ड (समूह सी)आउट: अल्बानिया, रोमानिया, रुस, युक्रेन, टर्की, चेक रिपब्लिक, स्वीडेन र अस्ट्रिया
अन्तिम १६ को खेल तालिका
पहिलो खेल: स्वीट्जरल्याण्ड भर्सेस पोल्याण्ड (असार ११ गते शनिबार बेलुका पौने सात बजे)
दोस्रो खेल: वेल्स भर्सेस नर्दन आयरल्याण्ड (असार ११ गते शनिबार राति पौने १० बजे)
तेस्रो खेल: क्रोएसिया भर्सेस पोर्चुगल (असार ११ गते शनिबार राति पौने एक बजे)
चौथो खेल: फ्रान्स भर्सेस रिपब्लिक अफ आयरल्याण्ड (असार १२ गते आइतबार बेलुका पौने सात बजे)
पाँचौं खेल: जर्मनी भर्सेस स्लोभाकिया (असार १२ गते आइतबार राति पौने १० बजे )
छैटौं खेल: हंगेरी भर्सेस बेल्जियम (असार १२ गते आइतबार राति पौने एक बजे)
सातौं खेल: इटाली भर्सेस स्पेन (असार १३ गते सोमबार राति पौने १० बजे )
आठौं खेल: इंग्ल्याण्ड भर्सेस आइसल्याण्ड (असार १३ गते सोमबार राति पौने एक बजे)
– स्रोत: युइएफए