पूर्वमन्त्री वृजेशकुमार गुप्ता द्वारा दाईजो नल्याएको भन्दै श्रीमतीलाई मानसिक तथा शरिरिक यातना

काठमाडौं । पूर्वमन्त्री एवं तमलोपा नेपालका नेता वृजेशकुमार गुप्ताकी पत्नी संगीताले श्रीमानले आफूलाई नोकरसँग सुत्न दबाब दिएको बताएकी छन् । भनेजति दाईजो नल्याएको ओरोपमा मानसिक तथा शरिरिक यातना खेप्दै आएकी संगीताले एक साप्ताहिक पत्रिकामार्फत श्रीमान्को कर्तूत सार्वजनिक गरकी छन् । उनले विवाह गरेर गुप्ताको घरमा भित्रिएदेखि नै आफूले दाइजो नल्याएको आरोपमा यातना सहँदै आएको बताएकी छन् ।
आफूले सामाजको प्रतिष्ठित व्यक्तिले अरुलाई समेत दाइजो नलिन आग्रह गर्नुपर्नेमा दाइजोका लागि आफूमाथि नराम्रो व्यवहार नगर्न आग्रह गरेको तर, गुप्ताले ज्यादती गर्न नछाडेको आरोप संगीताको छ । संगीताले गुप्ताले दाइजोमा स्कोरपियो गाडी मागेको बताएकी छन् । ‘विहे गरेर आए लगत्तैदेखि दाइजको निहुमा सताउन थाले । उनले स्कोर्पियो गाडी मागेका थिए’, संगीताले भनेकी छन्, ‘देशको कानूनमन्त्री भइसकेको मान्छे, यस्तो नगर्नूस्, तपाई त समाजको प्रतिष्ठित मान्छे हो, अरुलाई दाइजो नलिन आग्रह गर्नुपर्नेमा तपाईं आफै ममाथि यस्तो किन गर्नुहुन्छ भनें ।
तर उनले ममाथि धेरै ज्यादति गरे ।’ संगीताले आफूलाई गुप्ताले अप्राकृतिक मैथुन गर्नमसेत बाध्य पारेको आरोप लगाएकी छन् । आफू पटकपटक बलात्कारमा परेको उनको भनाइ छ । त्यस यसक्रममा दुई पटक गर्भपतन समेत भएको तर परिवार बिग्रन नदिने आफूले यातना भोगेर पनि धेरै प्रयास गरेको बताएकी छन् ।
गुप्ताले ज्यान मार्ने धम्की दिएर सम्बन्ध विच्छेदका लागि दबाब दिएको आरोप पनि उनको छ । धम्की दिएर आफूलाई चार महिनाअघि घर निकाला गरेकाले माइतीको शरणमा रहेको बताईन । ‘छोडपत्र नदिए मार्छु भने । मारेर तँलाई गायब बनाइदिन्छु, यो देशमा मलाई जेल हाल्न कसैले सक्दैन भने ।’ गुप्ता र उनका परिवारका सदस्यले अरु मान्छे प्रयोग गरेर बलात्कार प्रयाससमेत गराउन खोजेको आरोप संगीताले लगाएकी छन् ।
‘म एउटी पतिव्रता हिन्दू नारी हुँ । मेरो श्रीमानबाहेक अरुसँग कुनै प्रकारको सम्बन्ध राखेकी छैन । तर, मलाई जबर्जस्ती मेरो श्रीमान र उनका परिवारले अरु मान्छे लगाएर बलात्कार प्रयास समेत गरेका छन्’, संगीताले भनेकी छन् । उनले प्रहरीले उजुरी नै दर्ता गर्न नमानेको र महिला आयोगले दुईपटक छलफलका लागि बोलाउँदासमेत गुप्ता नआएको दुखेसो गरिन । भारत माइती भएकी उनले आफ्नो कानूनी लडाइँमा न्यायका लागि सबैसँग आग्रह पनि गरेकी छन् ।
– साँघु साप्ताहिकमा छापिएको अन्तर्वार्ताबाट ।