हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

काबुल घटनाले सपना चकनाचुर

काठमाडौँ, असार ८ गते । काबुल घटनाबाट छोरा गुमाउनु परेको खबर सुनेदेखि नुवाकोट कल्याणपुर निवासी मधुसूदन कोइरालाका बुबाआमाको आँखा ओभाउन सकेका छैनन् ।

सोमबार काबुलमा बम विस्फोटमा नेपालीको मृत्यु भएको खबर सुन्नासाथ काबुलमा सम्पर्क गरेको कोइराला परिवारले त्यहाँ रहेका आफन्तबाट मधुसूदन सदाका लागि बिदा हुनुभएको दुःखद समाचार पाएको थियो ।

गत वर्षको विनाशकारी भूकम्पमा छोरा र छोरी गुमाएपछि तीन वर्षको काबुल बसाइ छोडेर नेपाल फर्किनुभएका कोइराला एक महिना अघिमात्र पुनः अफगानिस्तान गएको काका रामचन्द्र कोइरालाले बताउनुभयो ।

घरमा बुबाआमा, श्रीमती, दाजुभाइ सबैजना भए पनि पाँच छोराछोरीमध्ये एक्लो छोरो र छोरी गुमाएपछि मधुसूदन निकै दुखी बन्नुभएको थियो । काका रामचन्द्रका अनुसार त्यही दुःख बिसाउन उहाँले ‘सन्तानको वियोग’ लोकगीतसमेत सिर्जना गर्नुभएको थियो । वृद्ध बाआमाको इच्छाअनुसार काठमाडौँको धर्मस्थलीमा एकतले घर बनाउनुभयो । सोही घरमा तला थप्ने उद्देश्यअनुरूप मधुसूदन पुनः अफगानिस्तान जानुभएको थियो । अफगानिस्तान पुगेको एक महिनामै उहाँको मृत्यु भयो ।

त्यस्तै काभ्रे ठूलो पर्सेलका ४४ वर्षीय चन्द्रबहादुर रानामगर पनि सामान्य आर्थिक अवस्था भएको परिवारका मूली हुनुहुन्थ्यो । सन्तान हुर्किंदै जाँदा प्रहरीको जागिरले खर्च धान्न गाह्रो भएपछि हवल्दारको जागिर छोडेर अफगानिस्तान जानुभएको थियो । माओवादी द्वन्द्वकालमा पनि जागिर नछोडेका चन्द्रबहादुरले अफगानिस्तानमा सुरक्षागार्डका लागि आकर्षक तलबकोे अफर आएपछि राजीनामा दिनुभएको थियो । प्रायः बिहान बेलुका ड्युटीमा जानुअघि परिवारसँग फोन सम्पर्क गर्दै आउनुभएका चन्द्रबहादुरले घटनाको दिन भने फोन गर्नुभएको थिएन ।
फोनको प्रतीक्षामा बसेको परिवारले एक्कासि उहाँको मृत्युको खबर पायो; जुन घटना सुरुमा परिवारका लागि अपत्यारिलो बनेको थियो । यतिखेर चन्द्रबहादुरको परिवारमात्र होइन, पूरै गाउँ शोकमा डुबेको छ ।

लमजुङ अर्चलेबोट सखारका ५१ वर्षीय अमृत थापा पनि बिदामा घर आएर दुई हप्ता अघिमात्र अफगानिस्तान जानुभएको थियो । परिवारले अब नजानुस् भन्दा पनि आकर्षक तलब सुविधाका कारण पुनः अफगानिस्तान जानुभएका थापाले त्यहाँ आफूहरूको सुरक्षाव्यवस्था राम्रो रहेको परिवारलाई बताउनुभएको थियो । अफगानिस्तान गएको २१औँ दिनमा आत्मघाती बम विस्फोटमा उहाँको मृत्यु भएको हो ।

यस्तै पर्वत कार्कीनेटाका नवीनसिंह क्षेत्री र कुनाचौरका वीरबहादुर सुवेदी क्षेत्रीको परिवार पनि शोकाकुल बनेको छ । बुटवल देवनगरका ४३ वर्षीय जितेन्द्रसिंह थापा एउटा घर बुटवल र अर्को घर काठमाडौँमा बनाउने सपना बुनेर अफगानिस्तान जानुभएको थियो, जुन पूरा हुन पाएन ।
नुवाकोट देउरालीका डम्बरबहादुर तामाङ र राईसिंहका लीलाबहादुर गुरुङको परिवार पनि अन्य पीडित परिवार जस्तै शोकमा डुबेको छ । मृतक अधिकांशको इच्छा प्रवासमा दुःख गरेर छोराछोरी पढाउने, हुर्काउने र सहरमा घर बनाउने रहेको पाइन्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution