रेड कार्पेटमा टकटक हिड्नु छाडेर,राजनीतिमा लाग्नु मेरो बाध्यता – करिश्मा मानन्धर

नेपाली सिने जगतका चर्चित एवम् लोकप्रिय राष्ट्रिय कलाकार नायिका करिश्मा मानन्धरले आफु राजनीतिमा लाग्नु रहर नभएर देशको लागि केहि गरौ भन्ने सोचले बाध्य भई सक्रिय हुनु परेको कयौ पटक सार्वजनिक रुप मै व्यक्त गर्दै आएकी छिन् | यसै क्रममा वहाँले आफ्नो फेसबुक मार्फत आज केहि लेख्न मन लाग्यो भनेर यस्तो लेखेकी छिन् :
यहाँ धेरै विद्धानहरु छन् | तर ती बर्गहरु त्यति बेला सक्रिय हुन्छन् जब यहाँ कसैले गल्ती गर्छ या ऊनीहरुले कसैको कमजोरी पत्ता लगाउछन् | नयाँ शक्ति नेपालको घोषणा सभा पनि सबैको चासोको विषय बनी रह्यो त्यस् समारोहमा म बाट केहि गल्ती कमजोरीहरु भए | अनि म मा अरु पनि धेरै कमजोरीहरु होलान् र छन् | मैले नजानेका अझै थुप्रै कुराहरु होलान् |
अनि न राजनिती मेरो पृष्ठभूमि हो,न राजनिती मेरो चासोको विषय रह्यो, न राजनितीमा सकृय रूपमा आबद्ध भएर अगाडि बढ्ने कुनै दिन कल्पना गरेको थिए | आज पनि मेरो जीवन रहे सम्म एउटा कलाकारकै रुपमा सजिएर रेड कार्पेटमा टक टक टक टक हिड्न चाहान्थे होला र बिहानको चियाको चुस्की सङ्गै अनलाइन र पत्रपत्रिकामा आफ्ना फोटोहरु हेर्न चाहान्थे होला त्यही मैले जानेको र चाहेको चिज थियो |
मलाई कसले राजनितीमा ल्यायो ? म किन राजनितीमा आए ? ती मानिसहरु जसको जिम्मामा राजनिती थियोे उनीहरुले के गरे ? अनि अर्को एउटा समूह जो विद्धानहरु छन् | ती विद्धानहरु जो लामा लामा लेख लेखेर आफ्ना बिज्ञाता दर्शाउछन् र यहाँका हरेक क्षेत्रका कुना कुनाका हिसाब किताब राखेर बसेका छन् | उनीहरुलाई देश कसरी डुबेको भन्ने पनि थाहा छ अनि देशलाई कसरी उतार्ने भन्ने पनि थाहा छ तर ती विद्धानहरु गर्छन् के भने यसैगरी पत्रपत्रिकामा आफ्ना ज्ञानका भण्डार ओकाल्छन् , फेसबुक र टुईटरमा पन्डित्याई गर्छन् अनि देश उस्ताको उस्तै |
म भन्न चाहान्छु तपाईहरु जस्तो ज्ञान भएका विद्धानहरु राजनीतिमा आईदिनु भएको भए यो देश उहिल्यै बनी सक्थ्यो र करिस्मा मानन्धर जस्तो अल्पज्ञानीहरुले देश बनाउछु भनेर अघि सर्नु पर्दैन थियो | यो मेरो लागि सौभाग्य भए पनि यो देशको लागि दुरभाग्य हो |पर्खी रहनु होस् | लामा लामा आरटिकल लेख्दै गर्नोस् , गालिगलोचले सामाजिक सन्जालका भित्ता रङ्गाउदै गर्नोस् , कुनै दिन जनताको मन र मत जितेर यो देशको बिकाशमा ठुलो योगदान दिनेछु | त्यो दिन धेरै टाढा छैन र त्यो दिन के भनेर उडाउने , के भनेर आलोचना गर्न तैयारी आजैबाट सुरु गर्नु होला |मेरो जीवन कालमा धेरै डिग्री भएका मनिस भेटेको छु यस्तो मानिसको न देशमा कमि छ , न बिदेशमा कसै कसै संग त ट्रिपल डिग्री पनि छ तर माफ गर्नु होला त्यसको फाईदाको शब्द यो समाजले चाख्न पाएन |
म संग तपाईंहरु संग भएको डिग्री त छैन होला तर तपाईहरु संग म सित भए जस्तो देशको फिक्री छैन |