हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

अफगानिस्तानबाट फर्कन चाहनेलाई नेवानिको विमानमा लिफ्ट, टोली बिहान ३ बजे काबुल जाँदै

aff
काठमाडौं—अफगानिस्तानको राजधानी काबुलमा आत्माघाती बम विस्फोटमा परी १२ जना नेपालीको ज्यान गएपछि नेपाल सरकारले त्यहाँ रहेका नेपालीलाई स्वदेश आउन चाहेमा ‘एयर लिफ्ट’ दिने बताएको छ। सरकारले अफगानिस्तानको काबुलमा बम विस्फोटन भएपछि असुरक्षित रहेका नेपालीलाई स्वदेश ल्याउने व्यवस्था गरेको समाचार नागरिक न्युजमा छ |

काबुलमा आत्मघाती बम विस्फोटमा मृत भएका नेपालीको शव र घाइते लिने जाने जहाजसँगै नेपाल फर्कन इच्छुकलाई पनि ल्याउने व्यवस्था गरिएको श्रम तथा रोगजार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलले जानकारी दिए।

मृतककाे शव लिन विशेष टोली बिहान ३ बजे काबुल जाँदै

काठमाडौं– सरकारले अफगानिस्तानको काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा मारिएका नेपालीको शव ल्याउन बुधबार बिहान साढे ३ बजे बिशेष टोली त्यसतर्फ जाने भएकोछ। गृहमन्त्रालयमा मंगलबार ११ बजेदेखि बसेको बैठकले नेपाल वायु सेवा निगमको एयर बस चार्टर गरी परराष्ट्रको नेतृत्वमा नेपाली सेना र नेपाल प्रहरीको बिशेष ब्युरोका अधिकारीसहितको टोली काबुल पठाउने भएको हो।

गृह प्रवक्ता सहसचिव यादवप्रसाद कोइरालाले परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश सुवेदी र गृहका महेश दाहालसहित वैदेशिक रोजगार प्रर्वद्धन विभाग र पर्यटन मन्त्रालयका एकएकजना प्रतिनिधी टोलीमा रहेका छन्। नेपाली सेनाका दुईजना चिकित्सक, एकजना पारामेडिकल अफिसर र एकजना एयर लाईजन अफिसर टोलीमा रहेका छन्। यस्तै बिशेष ब्युरोका एसपी सुदिप गिरीको नेतृत्वमा एकजना डिएसपी र एकजना नायव निरीक्षक टोलीमा रहनेछन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले नेपाल सरकारको निर्देशनअनुसार सेनाले चारजनाको इभाकेशन टिम तयार गरेको बताए। उनका अनुसार चिकित्सकसहित चारजनाको टोली काबुल गएको हो।
प्रधानमन्त्री केपी ओलीले अफगानिस्तानमा आत्मघाती आक्रमणमा मृत्यु भएका नेपालीको शव लिन निमगको जहाज पठाउन निर्देशन दिएका थिए। अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती बम आक्रमणमा १२ नेपाली सहित १४ जनाको मृत्यु भएको थियो।

घटनाको प्रभावकारी खोज तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित नेपाली दूतावासका कार्यवहाक राजदूतलाई सोमबार नै अफगानिस्तान पठाएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution