हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

अफगानिस्तानमा कसरी पुग्छन् नेपाली ?

असार ७ – असुरक्षित भएपनि रोजगारीका लागि अफगानिस्तान पुग्ने नेपालीको संख्या धेरै छ । छोटो समयमा राम्रो कमाई गर्ने आशाले धेरै नेपाली अफगानिस्तान जान आकर्षित छन् । द्वन्द्वग्रस्त अफगानिस्तानमा शान्ती सुरक्षाका लागि विभिन्न वैदेशिक सहायतामा आधारित संस्था कार्यरत छन् ।

अफगानिस्तानको शान्ती सुरक्षाका लागि काम गर्ने विदेशी कम्पनीमा नेपालीले रोजगारी पाएका छन् । यस्तै विभिन्न कार्गो तथा निजी सेवा प्रदायक कम्पनीमा पनि नेपालीले काम गरिरहेका छन् । चार वर्ष अफगानिस्थानमा काम गरेर दुबईमा कार्यरत रुपन्देहीका राजकुमार भट्टराईले अफगानिस्तान असुरक्षित छ भन्ने धेरै सुनेको भएपनि काम गर्दा असुरक्षित महशुस नभएको बताउनुभयो । उहाँले आफू बेलायती नागरिक मार्फत उनीहरुकै कार्गो कम्पनीमा काम गर्न त्यहाँ पुगेको बताउनुभयो ।

दुबई र दिल्ली मुख्य ट्रान्जिट प्वाइन्ट

नेपाली भिजिट भिसामा दुबई आएर यहाँका स्थानीय एजेन्टको सहयोगमा नेपालीहरु अफगानिस्तान पुग्छन् । अफगानिस्तानलाई रोजगारका लागि गन्तव्य मुलुक बनाएर जाने धेरै जसो नेपाली दुबईको भिजिट भिसामा आउछन् । नेपालबाट सिधै अफगानिस्तान जान नपाउने भएकाले धेरै नेपालीले धेरै पैसा खर्चिएर अवैध बाटो रोज्ने गरेका छन् ।

सन् २००९ मा भिजिट भिसामा युएई ल्याएर अवैध रुपमा अफगानिस्तान र इराक जस्ता श्रम स्वीकृति नपाएका देशमा नेपाली लैजाने गरेको पाइएको थियो । त्यसपछि नेपालको अध्यागमनले दुबई भिजिटमा आउने नेपालीका लागि कडा निगरानी पनि सुरु गरेको थियो । तर निगरानी हुँदाहुँदै पनि यही बाटो अपनाएर अफगानिस्तान जान दुबई आउने नेपालीको संख्या धेरै छ ।

भिजिटमा दुबई आएर भारतीय तथा ब्रिटिस एजेन्ट कम्पनी मार्फत ५ देखि १० लाख नेपाली रुपैयाँ बुझाएर मासिक एक लाख रुपैयाँ भन्दाबढी कमाउने आशामा नेपाली अफगानिस्तान पुग्ने गर्छन् । दुबईको जबिलआलीमा रहेको एक बेलायती कम्पनीले नेपालबाट सेक्युरिटी गार्डको रुपमा युएई ल्याउने र यहाँबाट अफगानिस्तान पठाउने गरेको कम्पनीमा काम गर्ने नेपालगञ्जका विरेन्द्र रौनीयारले बताउनुभयो ।

अफगानिस्तानमा सुरक्षा गार्ड, हेभी ड्राइभर तथा कार्गाे कम्पनीमा सामान प्याकिङ, लोड अन्लोडिङ गर्ने जस्ता काममा नेपाली कार्यरत छन् । काबुलमा कार्यरत दाङ घोराइका मेघराज नेपालीले नेटो सेनाको टोली अफगानिस्तानमा हुँदा यस्तो अवस्था नरहेको उहाँले बताउनुभयो । पछिल्लो समयमा अफगानिस्तान अशुरक्षित भएको सोमबारको घटनाले पनि पुष्टी गरेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘हामी त सुरक्षित छाै‌, कतिबेला कहाँ के हुन्छ थाहा छैन ।’

सरकारले अवैध पनि भन्ने, श्रम अनुमति पनि दिने

संयुक्त राष्ट्र संघका लागि सुरक्षा गार्ड सप्लायर सेक्युरिटी कम्पनी अन्तर्गत काम गर्न अफगानिस्तान जानेलाई सजिलै श्रम स्वीकृति दिइन्छ । त्यहाँ रहेका विभिन्न विदेशी कुटनीतिक नियोग र दूतावासमा सुरक्षा गार्ड आपूर्ति गर्ने कम्पनी अन्तर्गत जाने नेपालीलाई पनि सरकारले रोक्दैन ।
तालिबानको आक्रमणको कम खतरा भएका क्षेत्रलाई ग्रीन जोनमा राखेर त्यस क्षेत्रमा काम गर्न जाने नेपालीलाई सरकारले श्रम अनुमति दिने गरेको छ । विभागको तथ्यांक अनुसार यसरी जाने नेपालीको संख्या पाँच सय ५२ मात्रै छ । तर यो बाहेक अन्य बाटो भएर त्यहाँ पुगेका नेपालीको संख्या झन्डै १० हजार भन्दा धेरै रहेको अनुमान छ ।

-उमाकान्त पाण्डे/उज्यालो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution