हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

योग म्याराथुनमा विश्व कीर्तिमानी उत्तम मोक्तान तामाङलाई गिनिज प्रमाणपत्र

UTTAM-MUKTAN

काठमाडौँ– योग म्याराथुनमा विश्व कीर्तिमान कायम गर्ने उत्तम मोक्तानलाई आज गिनिज वल्र्ड रेकर्डसबाट प्राप्त प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

यहाँ आज विश्व दर्शन अभियानले आयोजना गरेको कार्यक्रममा योग तथा प्राकृतिक चिकित्साका प्रमुख डा हरिप्रसाद पोखरेल र मनोक्रान्तिका गुरु डा योगी विकासानन्दले संयुक्त रुपमा मोक्तानलाई प्रमाणपत्र हस्तान्तरण गरे ।

सो अवसरमा प्राकृतिक चिकित्साविद् डा पोखरेलले योगको जन्मभूमि नेपाल भएको कुरा संविधानमा लेख्न चुकेको उल्लेख गर्दै नेपालका शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता सबै योगको धरातल भई आएकाले योगको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । मोक्तानको सफलताले विश्वमा नेपालको नाम अझ उँचो भएको बताउँदै उनले नेपालमा योगको भविष्यको प्रचुर सम्भावना रहेकाले यसको प्रचारप्रसारमा जोड दिए।

मनोक्रान्तिका गुरु डा विकासानन्दले महान् बन्नका लागि महत्वाकाङ्क्षाले सकारात्मक भूमिका खेल्ने हुँदा सधैँ नयाँ काम गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ भने।

राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक तीर्थ भट्टराईले मोक्तानले युवाले चाहेमा आफ्नो र देशको गरिमालाई विश्वसामु बढाउन सक्ने उदाहरण मोक्तान भएको विचार राखे ।

कीर्तिमानी मोक्तानले आफूले आठ वर्षदेखिको कडा मिहेनतका कारणले सफलता पाएको बताए । उनले भने, “मैले यसका लागि निरन्तरण प्रयास गरेको थिएँ, योगी विकासानन्दको प्रेरणाले देशलाई विश्वमा चिनाउन पाएँ ।” ‘गिनिज वल्र्ड बुक अफ रेकडर्स’का अनुसार यसअघि २०१५ फेबु्रअरी १५ मा भारतका योगराज सिपीले ४० घन्टा १५ मिनेट योगासन गरी विश्व कीर्तिमान राखेका थिए ।

मोक्तानले राखेको कीर्तिमान सिपीभन्दा १० घन्टा बढी हो । वाल्मीकि विद्यापीठमा २०७२ पुस २ गते बिहान ११ बजेदेखि सुरु भएको सो म्याराथुन असार ४ गते अपराह्न १ बजेर १५ मिनेटसम्म गरी उनले कीर्तिमान राखेका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution