नयाँ शक्ति नेपालको प्रेस विज्ञप्ती

२०७३ असार ६
प्रेस विज्ञप्ती
अफगानिस्तानको काबुलमा एक मिनिबसमा विद्रोही तालिवानले गरेको आक्रमणमा परी १४ जना नेपाली नागरिकहरुको मृत्यु भएको घटनाप्रति नयाँ शक्ति नेपाल गहिरो दु:ख व्यक्त गर्दछ । समाचारहरुमा जनाइए अनुसार त्यहाँ कार्यरत १४ जना नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ भने पाँच जना नेपाली घाइते छन् । हामी घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं र नेपाल सरकारसँग घाइतेहरुको उपचार, क्षतिपूर्ति र देश फर्काउने बारेमा तत्काल कदम चाल्न आग्रह गर्दछौं । त्यसैगरी मृतकहरुको पहिचानका साथै शव तत्काल नेपाल ल्याउनका लागि ठोस कदम चाल्न पनि नेपाल सरकारसँग आग्रह गर्दछौं । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।
गैरसैनिक सवार बसमा तालिवानले गरेको यो आक्रमण अत्यन्त निन्दनीय छ । युद्धका बेलामा पनि युद्धसम्बन्धी नियम ‘अन्तर्राष्ट्रिय मानवीय कानुन’को पूर्ण पालना गर्नुपर्नेमा गैरसैनिक सवार मिनिबसमा आक्रमण हुनु निन्दाको विषय हो । हामी अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछौं । त्यसैगरी आफ्ना माग पूरा गर्नका लागि बालबालिका, महिला, गैरसैनिकमाथि हिंसात्मक आक्रमण गर्ने कुराको कडा भत्र्सना गर्दछौं ।
––––––––––––––––––
खिमलाल देवकोटा
प्रवक्ता, नयाँ शक्ति नेपाल