हङकङ तामाङ घेदुङको अधिवेशन स्थगित,पुरानै कार्यसमितिले निरन्तर पाउने
हङकङ तामाङ घेदुङको दशौ अधिवेशन नयाँ कार्यसमिति चयन बिना नै समाप्त भएको छ | अधिबेशनमा वरिष्ठ उपाध्यक्ष भवेश घिसिङ र उपाध्यक्ष सरस्वती घिसिङ बीच अध्यक्षताको लागि सहमतीको कुनै निचोड आउन नसके पछि प्रजातान्त्रिक पद्धतिलाई शिरोपर गरि भोटिङ प्रक्रियामा जान नमान्दा निर्वाचन मन्ड्ल द्वारा अध्यक्ष प्रेम लामाकै नेतृत्वमा हालको कार्यसमितीलाई आगामी अधिबेशन नहुन्जेल सम्मलाई निरन्तरता दिनुपर्ने घोषण गरि अधिबेशनलाई स्थगित गरिएको हङकङ तामाङ घेदुङले आफ्नो फेसबुक मार्फत जानकारी दिएको छ |