सलमान खानले १० करोडको गिफ्ट बिपाशालाई ….

सलमान खानले हालै करण ग्रोबरसँग विवाह बन्धनमा बाधिँएकी बिपाशा बासुलाई केही समय अघि १० करोडको गिफ्ट दिएको कुराले खुबै ठुलो चर्चा पाएको थियो ।
सामाजिक सञ्जालमा यस कुराको खुबै ठुलो प्रचार पनि भयो । बिपाशाले भने बल्ल उक्त कुराबारे प्रतिक्रिया दिएकी छिन् ।
सुन्नमा आएको थियो कि सलमान खानले उनलाई १० करोडको घर गिफ्ट स्वरुप दिएका थिए । तर बिपाशाले सामाजिक सञ्जाल टिवइटरमा भनेकी छिन्,‘कसैले त्यतिकै मलाई किन त्यत्रो गिफ्ट दिने । बकवास कुरा । गिफ्टको मुल्यभन्दा ठुलो हावा कुरा हो ।’
रिउमरमात्र भएको भन्दै उनले यस्ता कुराहरु कहाँबाट कसले फिजाएको हो भन्ने बारे उनलाई केही थाहा नभएको बताएकी छिन् ।