अफगानिस्तान घटनाले स्तब्ध छुः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तान घटनाप्रति दुःख ब्यक्त गरेका छन् ।सोमबार दिउसो ट्विट गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘ अफगानिस्तानमा आत्मघाती आक्रमणमा परी १४ जना नेपालीको मृत्यु भएको घटनाले म स्तब्ध भएको छु ।’
साथै प्रधानमन्त्री ओलीले मृतकहरुप्रति श्रद्धाञ्जलि पनि ब्इक्त गरेका छन् ।
अफगानिस्तानको कावुलमा बिहान करिब ६ बजेतिर भएको आत्मघाती बम विष्फेटमा परी १४ नेपालीको मृत्यु भएको छ भने ५ नेपाली र ४ अफगानी नागरिक घार्इते भएका छन् ।घटनाको जिम्मेवारी आतंककारी संगठन तालिवानले लिएको छ ।