भारतीय प्रधानमन्त्री मोदीले भने, नेपालको दुःखमा सँगै छौं

काठमाडौं—भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानमा सोमबार विहान भएको विष्फोटमा परेर १४ नेपालीको मृत्यु भएको दुःख ब्यक्त गरेका छन् । अफगानिस्तान घटना लगतै ट्वीट गर्दै मोदीले आवश्यक सहयोगका लागि तयार रहेको उल्लेख गरेका छन् ।
‘अफगानिस्तामा भएको दुखद् घटनाले स्तब्ध बनाएको छ । मृतकका आफन्त, नेपाल र अफगानिस्तान सरकारप्रति गहिरो समवेदना,’ उनले ट्वीटमा लेखेका छन् ।
साथै प्रधानमन्त्री मोदीले यो दुखद् परिस्थितीमा घटनाबारे सत्यतथ्य बाहिर ल्याउन नेपाललाई आवश्यक सबै सहायता पु¥याउने प्रतिवद्धता पनि जाहेर गरेका छन् ।
सोमबार बिहान काबुलमा भएको विस्फोटमा परी १४ नेपालीको मृत्यु भएको छ ५ नेपाली घाइते भएका छन् । घटनामा अन्य ४ अफगानी नागरिक पनि घाइते भएको अफगानस्तिानको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
प्रहरीले घटनालाई लिएर अनुसन्धान सुरु गरिसकेको छ । घटनाको जिम्मेवारी आतंककारी संगठन तालिवानले लिएको बीबीसीले जनाएको छ ।