”विछोडमा पनि….” बोलको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न

चर्चित गायक शिव परियारको आवाजमा ”विछोडमा पनि” बोलको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । करशंग लामा घलानको अमृत एल्बममा समावेश यस गीतमा टीका बोमजनको संगीत तथा जीवन बोमजन हस्तमानको शब्द रचना तथा पवन लामाको संगीत संयोजनमा तयार भएको हो ।
भिडियोलाई संचारकर्मी तथा चर्चित निर्देशक सुलोचना थिङ र अनुप योञ्जनले संयुक्तरुपमा गरेका छन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा अनुप योञ्जन, लक्ष्मी बस्नेत र जोडन राजभण्डारीको अभिनय रहेको छ ।
गीतको भाव अनुसारको कथालाई उतार्न खोजिए्को यस भिडियोमा फेसबुकबाट जोडिएका र तोडिएका सम्बन्धहरुलाई दर्शाउन खोजिएको छ । हाल यस भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरिरहेका छन् ।