रोएपछि यसकारण मुड फ्रेस हुन्छ

के तपाईलाई थाहा छ रोएपछि तपाईंको मुड झन् फ्रेस हुन्छ । हो, जति तपार्इं रुनुहुन्छ त्यति नै तपार्इंलाई लाभ मिल्छ । दुःख, तनाव वा पीर पर्दा रुने यही कारणले बनाइएको हो ।
हाँस्दा जति स्वास्थ्यलाई फाइदा हुन्छ, रुँदा पनि । जब कसैलाई पीर पर्छ, त्यसपछि लाग्छ, उसका लागि संसारमा केही बाँकी रहेन । पीर वा दुःखमा चिन्तित भएर झोक्राएर बस्नु भन्दा रुनु नै राम्रो हो । जब मनमा भावुकता सिर्जना हुन्छन्, हर्मन प्रणालीले आँखा वरपरको भागमा केही हर्मन पठाउँछ जसका कारण आँखा आशुले भरिपूर्ण हुन्छ । रुँदा शरीरमा यस्तो हुन्छ ।
लड्ने मुड बन्छः एउटा भावपूर्ण अवस्थामा दिमागले पीडा बनाउने हर्मन कोर्टिसल उत्पादन गर्छ जसले झन् तनाबग्रस्त बनाउँछ । यसले रिस उठाउने र अगाडिका मान्छेसँग लड्न उत्प्रेरित गर्छ । यसैगरी समस्यासँग पनि जुध्न उत्प्रेरित गर्छ ।
जब आवाज चर्को हुन्छः पीर वा दुःखमा रहेको मान्छेको आवाज चर्काे हुन्छ । जब एकदम चिच्याउँछ, त्यतिबेलाभने घाँटीमा केही अड्केजस्तो आभास हुन्छ । आवजा निकाल्न अप्ठ्यारो पर्छ । किनभने तनाब बढाउने हर्मन कोर्टिसोलले घाँटीमा तनाब दिन्छ र श्वासपश्वास प्रक्रिया पनि सुस्त हुन्छ ।
रोएपछि मन हल्का हुन्छः अत्यधिक आवेग र पीडाबाट मुक्ती पाउन रुनु राम्रो हो । आवेगमा आएको आशुले लिउसाइन इन्केफालिन नाम गरेको तत्व निस्काशन गर्छ जसल मनलाई शान्त बनाउने, मुड फ्रेस गर्ने र केही समय तनाबरहित बनाउँछ । रुँनु शरिरमा भएका अनावश्यक विकार फाल्न पनि उपयुक्त तरिका हो । पिसाब र पसिनाबाट शरिरका बिकार गएजस्तै आँशुबाट पनि शरिरलाई काम नलाग्ने रसायनहरु फालिदिन्छ । तसर्थ रुनु स्वास्थ्यका लागि लाभदायक छ ।
रुँदा क्याक्टेरिया मर्छः आँशुमा थुक, मानिसको दुधमा हुने लाइसोजमि नाम गरेको फ्लुड हुन्छ । यो फ्लुडमा १० मिनेटमा नै ९० प्रतिशत ब्याक्टेरिया हुन्छ । तसर्थ रुँदाको फाइदा हुन्छ ।
सहानुभूति मिल्छ: रुदा खेरी अनुहारको स्वरुप परिवर्तन हुन्छ, ताकी पिर परेको वा पीडा भएको अन्य मानिसले पनि बुझ्छन् । त्यतिबेला अरु व्यक्तिले सहानुभूति प्रकट गर्छन् । जसले ऊर्जा मिल्छ । र, समस्यासँग जुध्न अरु पनि सहारा छन् भन्ने महशुस गराउँछ ।
एजेन्सी ।