हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

वास्तु शास्त्रकाे अनुसार घरमा धनको समस्या हुने ९ कारणहरु

bbbb

काठमाडौं । वास्तु शास्त्रले घरमा अमन चयन र सुख शान्तिका लागि सकारात्मक उर्जालाई मुख्य कुरा मान्छ । वास्तु विधी नमिलेका कारण हामीले दैनिक जीवनमा विभिन्न समस्या भोग्नु पर्ने वास्तु शास्त्रको भनाइ छ ।

वास्तुदोष केवल घरमा मात्र नभएर घरका चारैतिर फैलिएका चिजका कारण पनि हुन सक्छ । घर भित्रका सामान मिलाएर राख्दैमा पनि वास्तु दोषबाट बँच्न सकिँदैन । यदि घर बाहिर नकारात्मक उर्जा जम्मा हुने चिजहरु छन् भने घरमा सँधै धनको अभाव र विमारी हुने वास्तु शास्त्रको दावी छ ।

घरमा धनको समस्या हुने कारण

१. वास्तुको शास्त्रका अनुसार घरको अगाडी रुख वा खम्बा छ भने घरमा कुनै न कुनै तनाव आइ रहन्छ । यस्तो हुँदा खासगरी घरका बच्चाहरुलाई नकारात्मक असर हुन्छ । घर अगाडी खम्बाले घरमा सँधै नकारात्मक उर्जा पैदा गर्छ र आर्थिक अभाव पनि हुने गर्छ ।

२. मुख्य गेटको सामनेमा कुनै खाडल वा कुवा छ भने परिवारका सदस्यहरुलाई मानसिक रोग र तनाव हुने वास्तु शास्त्रको भनाइ छ । यस्तो घरमा सँधै धनको अभाव हुने गर्छ ।

३. मुख्य द्वारको अगाडी फोहोर जम्मा गरिने गरेको भए त्यसले घरका सदस्यहरुमा उदासी उत्पन्न हुने र सँधै आर्थिक तनावबाट गुज्रिनु पर्ने वास्तु शास्त्रको भनाइ छ ।

४. वास्तु शास्त्रका अनुसार मुख्य द्वारको सामुन्ने फोहोर पानी जम्मा हुने ठाउँ छ भने त्यसले पैदा गर्ने नकारात्मक उर्जाले घरमा सँधै धनको अभाव हुन्छ ।

५. मेन गेट अगाडी मन्दिर वा पुजा स्थल हुँदा पनि नकारात्मक उर्जा पैदा हुन्छ । वास्तु शास्त्रका अनुसार यस्तो घरमा पनि आर्थिक अभाव हुन्छ ।

६. वास्तु शास्त्र अनुसार घरको गेटमा ढोका भित्रबाट मात्र खुल्ने हुनु शुभ मानिन्छ । बाहिर पट्टी खुल्ने ढोका भएको गेट अशुभ मानिन्छ । यस्तो घरमा धनको सधै अधाव हुन्छ ।

७. घरको बाहिर पट्टीबाट आउने नकारात्मक उर्जा रोक्नका लागि मेन गेटमा स्वस्तिक वा ॐ जस्ता चिन्ह राख्नु राम्रो मानिन्छ । यस्ता चिन्ह नभए नकारात्मक उर्जा घरमा प्रवेश गर्न सक्छ ।

८. सुकेको वा काँढाधारी रुख घरको अगाडि हुनु अशुभ मानिन्छ । यस्ता रुखले घरमा नकारात्मक उर्जा पैदा गर्छ र आर्थिक अभाव गराउँछ ।

९. मेन गेटको अगाडी फोहोर फाल्ने भाँडो राख्नु अशुभ मानिन्छ । यसले पैदा गर्ने नकारात्मक उर्जाले घरमा घरझगडा हुन सक्छ । आर्थिक अभाव पनि हुन्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution