हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

अनलाइन मिडियाको लागि कडा नियम सहितको निर्देशिका जारी

m

असार ५, २०७३- सरकारले ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३’ सार्वजनिक गरेको छ । निर्देशिका सार्वजनिक हुनुअघि नै सञ्चार विज्ञ र पत्रकार हक हितमा कार्यरत विभिन्न संघ संस्थाले यसको विरोध गरेका थिए । निर्देशिकामा दर्ता नभएका वा तोकिएको म्यादभित्र नवीकरण नगरी गैरकानूनी रुपमा अनलाइन सञ्चालन गरेमा त्यसलाई बन्द गर्न सक्ने उल्लेख छ ।

त्यस्तै, आधिकारिक स्रोत नभएका, भ्रम श्रृजना गर्ने खालका तथा अन्तर्राष्ट्रिय सम्बन्धी सामग्री प्रकाशन, प्रसारण गर्ने अनलाइनलाई पनि बन्द गर्न सकिने उल्लेख छ । निर्देशिकामा भनिएको छ, ‘प्रतिकूल असर पर्ने सूचना अनलाइनमा आएमा पनि सरकारले त्यसलाई बन्द गर्न सक्नेछ ।’ यो प्रावधानले स्वतन्त्र सञ्चारलाई कमजोर पार्ने र प्रेस स्वतन्त्रता खुम्च्याउने विज्ञहरुको बुझाई छ ।

निर्देशिकामा भएका मुख्य बुँदाहरु यस्ता छन् :

क) निर्देशिका लागु हुनुभन्दा अघि सञ्चालनमा रहेको अनलाइन सञ्चारमाध्यमले निर्देशिका प्रारम्भ भएको मितिले ६० दिनभित्र विभागमा दर्ताका लागि दर्खास्त दिनुपर्ने ।

ख) छापा, रेडियो र टेलिभिजनले सञ्चालन गरेका अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न चाहेमा पनि दर्ता हुनुपर्ने ।

ग) अन्य सामाजिक सञ्जाल वा वेबसाइटका सामग्री आफ्नो वेबसाइट मार्फत पुन: प्रकाशन गर्ने भए उक्त सञ्जाल वा वेबपेजको आइकन सहित आफ्नो होमपेजमा राख्नुपर्ने ।

घ) अनलाइन सञ्चारमाध्यमले आफूले प्रकाशन वा प्रसारण गरेको सामग्री कम्तीमा छ महिनासम्म सुरक्षित राख्नु पर्नेछ ।

दफा ११ अनुसार अनलाइनमा निम्न कुरा प्रकाशन वा प्रसारण गर्न नपाइने :

(क) नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय ईकाइ बीचको सु–सम्बन्ध, विभिन्न जात, जाति, धर्म वा सम्प्रदाय बीचको सु–सम्वन्ध खलल पर्ने,

(ख) राज्यद्रोह, गाली बेइज्जती वा अदालतको अवहेलना हुने वा अपराध गर्न दुरुत्साहन गर्ने,

(ग) सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल कार्य गर्ने,

(घ) श्रमप्रति अवहेलना गर्ने, जातीय छुवाछुत एवं लैंङ्गिक विभेदलाई दुरुत्साहन गर्ने,

(ङ) आधिकारिक स्रोत नभएका, भ्रम श्रृजना गर्ने खालका तथा अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतिकूल असर पर्ने ।

सरकारले यस्तो अवस्थामा अनलाइन अवरुद्ध गर्न सक्नेछ :
(क) दर्ता वा तोकिएको म्यादभित्र नवीकरण नगरी गैरकानूनी रुपमा अनलाइन सञ्चारमाध्यम सञ्चालन गरेको पाइएमा,

(ख) दफा ११ बमोजिम प्रकाशन गर्न नहुने सामग्री प्रकाशन वा प्रसारण गरेमा ।

(ग) यस निर्देशिका तथा प्रचलित कानून विपरीतको कुनै कार्य गरेको पाइएमा






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution