हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

संघीय लिम्बुवान पार्टी धरापमा,कुमार लिङदेन दुईवटा पार्टीको साझा अध्यक्ष

Kumar-Lingden

५ असार, काठमाडौं । के एउटै व्यक्ति दुईवटा पार्टीको केन्द्रीय अध्यक्ष बन्न सक्छ ? लिम्बुवानमा यस्तै जात्रा देखिएको छ । कुमार लिङदेन त्यस्ता नेता हुन्, जो दुईवटा पार्टीको साझा अध्यक्ष भएको समाचार अनलाइनखबरमा  छ |

लिम्बुवानी नेता लिङदेनले निर्वाचन आयोगमा दर्ता गरिसकेको एउटा पार्टीको महाधिवेशनका लागि दर्ता हुन बाँकी रहेको अर्को पार्टीको लेटरप्याड प्रयोग गरेका छन् । तर, दुबै पार्टीको अध्यक्ष उनी आफैं हुन् ।

आजभन्दा दुई वर्षअघिसम्म लिङदेन ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च’ नामक पार्टीको केन्द्रीय अध्यक्ष थिए । सो दल निर्वाचन आयोगमा दर्ता थियो ।

पहिलो संविधानसभामा सोही मञ्चका तर्फबाट रुक्मिणी चौधरी र राजेन्द्र नाल्बो सभासद बनेका थिए । पछि पार्टी विभाजन भयो र रुक्मिणीले बेग्लै थरुहट बनाइन् । नाल्बो निश्क्रिय भए ।

धनकुटाको भेडेटारमा ०७१ सालमा आयोजना भएको एकता भेलाले पाँचवटा लिम्बुवानी पार्टीहरुलाई एकीकरण गरेर ‘संघीय लिम्बुवान पार्टी नेपाल’ गठन गर्‍यो । यो पार्टी निर्वाचन आयोगमा दर्ता हुने प्रक्रियामा छ र यसको अध्यक्ष पनि कुमार लिङदेन आफैं छन् ।

यसैवीच निर्वाचन आयोगमा दर्ता रहेको तर, पार्टी एकीकरणपछि विघटन भएको ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च’को दोस्रो महाधिवेशनको आह्वान कुमार लिङदेनले गरेका हुन् ।

अझै रोचक त के छ भने लिङदेनले ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च’ पार्टीको महाधिवशेनबारे जारी गरेको प्रेस वक्तव्य अर्कै पार्टीको लेटरप्याडमा प्रकाशित गरेका छन् ।
li
संघीय लिम्बुवान पार्टी नेपालको लेटरप्याडमा मञ्चको महाधिवेशनको माग गरिएको छ । र, मञ्चको महाधिवेशन सफल पार्न लिम्बुवान पार्टीका केन्द्रीय सदस्यलाई आह्वान गरिएको छ ।

महाधिवेशनका लागि तयार पार्टीको कार्डमा पहिल्यै खारेज भइसकेको ‘मञ्च सम्वद्ध संघीय लिम्बुवान पार्टी’को समेत नाम उल्लेख गरेर पुरानो पार्टीलाई जगाउने काम गरिएको छ ।

महासचिव भन्छन्- बैठक महाधिवशेनबारे थाहा छैन

यसैवीच संघीय लिम्बुवान पार्टी नेपालको लेटरप्याड प्रयोग गरेर पुरानो मञ्चको महाधिवेशन डाकिएकोबारे आफूलाई जानकारी नभएको संघीय लिम्बुवान पार्टी नेपालका महासचिव सूर्य माखिमले अनलाइनखबरलाई बताए ।

‘मञ्चको महाधिवेशन बोलाइएको बारे मलाई जानकारी छैन, माखिमले अनलाइनखबरसँग भने, ‘लामो छलफलपछि यही असार १५ गते पार्टीको केन्द्रीय बैठक बोलाउने अध्यक्षज्युसँग सहमति भएको थियो, तर मञ्चलाई जगाउने विषयमा पार्टीभित्र कुनै छलफल भएको छैन ।’

भेडेटारमा पाँच लिम्बुवान पार्टीवीच एकीकरण भएपछि पुरानो पार्टी स्वतः विघटन भएको माखिमले बताए । पाँचवटा लिम्बुवान पार्टी एकीकृत हुँदा मञ्चसम्वद्ध संघीय लिम्बुवानसमेत नयाँ पार्टीमा विलय भएको हो ।

तथापि पाँच पार्टीवीच भएको ९ बुँदे सहमतिमा मञ्चलाई जगाउनेबारे सोच्न सकिने एउटा बुँदा रहेता पनि यसबारे पार्टीमा छलफलै नगरी मञ्चको महाधिवेशन बोलाउनु गैरराजनीतिक चरित्र भएको माखिमको तर्क छ ।

लिङदेन के भन्छन् ?

उता दुबै दलको अध्यक्षमा रहेका लिङदेनले भने भेडेटार पारित एकताको ९ बुँदेमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पहिचानवादी दलहरुको राष्ट्रिय शक्ति निर्माणका लागि अघि बढाउने सहमति भएको जिकिर गरेका छन् । र, त्यही सहमतिका आधारमा जेठ ३२ र असार १ गते बसेको मञ्चका पदाधिकारीको बैठकले झापाको दमकमा आगामी असार १७ देखि १९ सम्म दोस्रो महाधिवेशन गर्ने निर्णय भएको लिङदेनको तर्क छ ।

‘लिङदेनले लिम्बुवान फुटाए’

यसैवीच विघटित मञ्चका तत्कालीन महासचिव एवं संघीय लिम्बुवान पार्टीका उपाध्यक्ष खगेन्द्र माखिमलाई यसबारे चासो राख्दा उनले बैठक र महाधिवेशनबारे अनभिज्ञता प्रकट गरे । उनले भने- ‘त्यो मञ्चको महासचिव म थिएँँ, जेठ ३२ मा बैठक बसेको मलाई थाहै छैन । महाधिवेशनका विषयमा पनि थाहा छैन । पार्टी एकीकरणपछि त्यो मञ्च नै अस्थित्वमा छैन ।’

एकीकरणबाट बनेको पार्टीलाई बाइपास गर्दै लिङदेनले संघीय लिम्बुवान पार्टी फुटाउने प्रपञ्च गरेको असन्तुष्ट पक्षको आरोप छ । स्रोतले भन्यो-‘लिङदेनले लिम्बुवान फुटाए ।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution