आलोचनापछि छोरीलाई करिश्माको जवाफः तिमीलाई जन्माएँ म जन्मिँदै छु’

काठमाडौ। नयाँ शक्ति नेपाल नामको राजनीतिक दलको घोषणा समारोहमा कार्यक्रम सञ्चालक बनेकी अभिनेत्री करिश्मा मानन्धर पछिल्ला केहि दिन यता सामाजिक सञ्जालमा आलोचनाको पात्र बनिरहेकी छिन् । करिश्माको कामलाई लिएर धेरैले धेरै प्रकारका व्यङ्ग्य पनि गरे ।
कारण थियो, करिश्माको फितलो अनि तयारी नपुगेको प्रस्तुति । रातो साडीमा ग्ल्यामसर बनेकी करिश्माको कार्यक्रम सञ्चालन गर्ने शैली भने ग्ल्यामरस बनेन ।स्टेजमा वक्ता बोलाउँदा होस् या अन्य समयमा करिश्माको शब्द शब्दमा तयारी नपुगेको भेटिन्थ्यो । यतिसबै भएपछि करिश्माले फेसबुकमा ठट्यौली पारामा स्टाटस लेखेकी छिन् ।
बुधबार बिहानै ‘गुड मर्निङ’ सहितको करिश्माले लेखेको स्टाटसमा आफु बल्ल जन्मिँदै गरेको उल्लेख छ । अमेरिका बस्दै आएकी छोरीले फोन गरेर देशकै बेईज्जत गर्नुभयो रे ममी भन्दा त्यसको उत्तरमा छोरीलाई आफुले जन्मदिए पनि आफु फेरी जन्मिँदै गरेको बोलेको लेखेकी छिन् ।’