हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

रेमिटेन्स अनुत्पादक क्षेत्रमा खर्च भएको छैन: ढकाल

c

कार्गो व्यवसायबाट व्यवसायिक क्षेत्रमा प्रवेश गरेका बाग्लुङका चन्द्र ढकालले रेमिटेन्स, बैंकिङ, अटोमोवाइल, सञ्चार, हाइड्रो हुँदै पर्यटनको क्षेत्रमा लगानी गरेका छन्। पछिल्लो पटक ‘ड्रिम प्रोजेक्ट’को रुपमा काठमाडौको चन्द्रागिरीमा केबलकार निर्माणको नेतृत्व लिएका आइएमई ग्रुपका अध्यक्ष ढकालसँग दिलीप पौडेलले गरेको कुराकानीः

केबलकारको प्रोजेक्टलाई कसरी ल्याउनुभयो?

काठमाडौंमा विदेशबाट आउने पर्यटकसँगै काठमाडौंकै करिब ४० लाख जनसंख्या विदा मनाउन जाने नजिकको ठाउँको अभाव खड्कीरहेको थियो। बिदामा बच्चा लिएर परिवार सहित जाने ठाउँको अभाब सबैले महसुस गरेका छन्। विदेशमा पनि सहर नजिकै ‘टुरिजम एरिया’ विकास गरेको देख्यौं।’ त्यो खाँचो पूर्ती गर्नको लागि हामीले एक दिन घुम्नजाने ठाउँको अभावलाई पुरा गर्ने लक्ष्यका साथ चन्द्रागिरीलाई ‘पर्यटकीय क्षेत्र’ बनाउन लागेका हौं। उक्त क्षेत्र ‘चन्द्रागिरी हिल्स’को रुपमा ब्रान्डिङ हुनेछ।

कहिलेबाट सञ्चालनमा आउँछ?

केबलकार निर्माण सतप्रतिशत सम्पन्न भयो। परीक्षण पूर्ण सफल भएपछि निर्माण कम्पनीले हस्तान्तरण गरेको छ। साइड फिनिसिङको काम नसकिएकोले केही ढिलाई भएको हो। अब छि्ट्टै काम सकेर व्यावसायिक संचालनमा ल्याउछौं।

उक्त क्षेत्रमा के सुविधा हुन्छन्?

चन्द्रागिरीमा फाइभ स्टार होटलदेखि साना बच्चा खेल्ने ठाउँसम्म हुन्छ। धार्मिक पर्यटकको लागि मन्दिर आकर्षणको केन्द्र बन्नेछ। केबलकारको बटम स्टेशनबाट टपमा पुग्दा पर्यटकले वातावरणको फरक स्वाद अनुभुती गर्न पाउनेछन्। सेमिनारहल देखि मनोरम काठमाडौं उपत्यका तथा हिमालहरुको दृश्यावलोकन गर्न सकिने व्यवस्था छ। स्वदेशी तथा विदेशीको लागि चन्द्रागिरी हिल्स टुरिजमको …ल्याण्ड मार्क’ हुन्छ भन्ने विश्वास लिएका छौं।

अहिले रेमिटेन्सको अवस्था कस्तो छ?

नेपालमा रेमिटेन्सको अवधारणा हामीले सुरु गरेका हौं। आइएमई नेपालको पहिलो रेमिटेन्स कम्पनी हो। विगतमा हरेक वर्ष रेमिटेन्स बढ्दै गएको थियो। जब सरकारले …फ्रि टिकट फ्रि भिसा’ ल्याएपछि वैदेशिक रोजगारीमा समस्या देखिएको छ। कामदार दिने र लिने देशबीच श्रम सम्झौता नभई उक्त कार्यक्रम ल्याउँदा वैदेशिक रोजगारी निकै घटेको छ। नेपाल सरकारले कामदार लिने देशसंग श्रम सम्झौता गरेर मात्र यो प्रक्रिया सुरु गरेको भए उपयुक्त हुन्थ्यो। नेपाल सरकारले एकतर्फी रुपमा निर्णय गर्‍यो। अर्कोतिर रोजगार गन्तव्य मुलुकले जुन देशबाट सहज र सुलभ रुपमा कामदार ल्याउने व्यवस्था हुन्छ, त्यही देशबाट कामदार ल्याउँछ। त्यसैले यसको व्यवस्था मिलाउने हाम्रो सरकारको दायित्व हो।

यो समस्याले गर्दा आउने दिनमा रेमिटेन्स घट्ने देखिन्छ। कामदार लिने देशले नेपालबाट कामदार लिँदा प्रक्रियागत झंझटको साथै लागत पनि बढ्ने देखियो जबकी कामदार पठाउने अन्य मुलुकमा यो प्रक्रिया सहज र सुलभ छ। रोजगारदाता देशहरुले नेपालबाहेकका अन्य देश रोज्न थालेका छन्। हाम्रो छनोट मात्र नभएर कामदार लिने मुलुक र त्यहाँको कम्पनीको अवस्था पनि हेरेर सरकारले निर्णय गर्नुपर्थ्यो।

त्यसो भए नेपालको अर्थतन्त्रमा असर पार्छ?

नेपाली विदेश जाने जुन दर थियो। त्यो घटेको छ। विदेशिन चाहेका जान सकेका छैनन्। रेमिटेन्सले धानेको अर्थतन्त्रमा स्वतः असर देखिन्छ।

रेमिटेन्स अनुत्पादन क्षेत्रमा खर्च भयो भनिन्छ नी?

घरायसी खर्चमा सकियो भन्ने पहिलेदेखिनै सुनिएको हो। तर, यथार्थमा त्यस्तो होइन। एउटा व्यक्ति विदेश गएर कमाउन थालेपछि स्वतः छोराछोरीलाई राम्रो स्कुलमा पढाउने, परिवारको स्वास्थ्यमा ध्यान दिने, खरले छाएको चुहिने घर राम्रो बनाउने गरेका छन्। ती मानवीय आधारभूत आवस्यकता भएकाले अनुत्पादक भन्न मिल्दैन। आधारभूत आवश्यकतासँगै जीवनस्तरमा सुधार आएको छ। बालबालिका तथा परिवारको शैक्षिक स्थिती तथा स्वास्थ्यमा सुधार आउनु भनेको मानवसंसाधनको विकास मान्नुपर्छ। त्यसैले रमिटेन्स अनुत्पादक क्षेत्रमा मात्र खर्च भयो भन्न मिल्दैन।

कसरी उत्पादक क्षेत्रमा लगाउन सकिन्छ?

घरपरिवारमा प्रयोगसँगै उत्पादनको क्षेत्रमा लगानी बढ्नेक्रम छ। हामीसँग मिलेर एनआरएन इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले २७ मेगावाटको हाइड्रो परियोजना बनाउँदै छौँ। यो नमुना उदाहरण हुनसक्छ। सरकारले वैदेशिक बचतपत्र हरेक वर्ष निकाल्छ। यसमा बैदेशिक रोजगारमा गएकाहरु आकर्षित नभएको देखियो। लगानीको निस्चित क्षेत्र र परियोजना तोक्न सक्यो भनेमात्र त्यसले सार्थकता पाउन सक्छ। हालैका दिनमा लगानीका विभिन्न अवसरहरु बढ्दै गएका छन् र त्यसमा बैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको लगानी क्रमशः बढ्दै गएको देखिन्छ।

मर्जरको नीतिलाई ग्लोबल आइएई बैंकले कसरी लिएको छ?

नेपाल राष्ट्र बैंकले मर्जरको नीति ल्यायो। बैंक बलियो हुन बैंकसँग ठूलो पुँजी हुनुपर्छ। राष्ट्र बैंकले ठीक समयमा ल्याएको मर्जरले धेरै बैंक तथा वित्तीय संस्थाहरु बलियो बनाएको छ। दुई वाणिज्य बैंकसँग मर्ज गर्ने ग्लोबल आइएई सम्भवत पहिलो बैंक हो।

ग्लोबलको मर्जरको भाबी योजना के छ?

अहिलेसम्म हामीले दुई विकास बैंक, दुई फाइनान्स सहित छ वटा वित्तीय संस्था मर्ज गरिसकेका छौं। अब हाम्रो बैंकको पूँजीको साइज पुगेको छ। अहिले नै सवा छ अर्बमा छौं। अझै दुई वर्ष बाँकी रहेकोले अर्को वर्षको नाफाले आठ अर्ब भन्दा धेरै पुँजी पुग्छ। त्यसैले पूँजी बढाउनकै लागि हामीलाई मर्जरको आवस्यकता छैन।

विदेशी बैंकसँग ज्वाइन्ट भेन्चरको चर्चा थियो नी?

नेपालीका बैंक मध्ये भारत र अष्ट्रेलियामा सम्पर्क कार्यालय खोल्ने हामी पहिलो बैंक हो। अरु देशमा पनि बिस्तार गर्ने योजना छ। विदेशी बैंकसँग जोइन्ट भेन्चरको विषयमा कुरा भैरहेको छ तर ठोस परिणाम आईसकेको अवस्था छैन।

वित्तीय संस्थाहरुमा सुशासनको अवस्था कस्तो छ?

पहिला केही बैंक तथा वित्तीय संस्थामा समस्या देखिएको थियो। केही वर्ष अघि देखि नेपाल राष्ट्र बैंकले अनुगमनमा कडाई गर्न थाले पछि यो समस्या क्रमशः समस्या कम हुँदै गएको छ। पछिल्लो समय राष्ट्र बैंकको नियमनले धेरै राम्रो गरेको छ। अनुगमन संयन्त्र बनाएर धेरै राम्रो बनाएको छ।

राष्ट्र बैंकको भूमिका कस्तो छ?

केन्द्रीय बैंकको भूमिका निकै सह्रानीय छ। केन्द्रीय बैंकको सक्रियताले वित्तीय संस्थाका सञ्चालकले बदमासी गर्न सक्ने अवस्था छैन। निकै नजिकबाट वाच गरिरहेको छ। गलत गरे बोर्डका सदस्यहरु तथा कार्यकारी अधिकृतलाई तुरुन्त कारबाही गर्न सक्दछ। अहिले कुनै व्यक्तिले चाहेर पनि बदमासी गर्न सक्ने अवस्था छैन। यो सबै राष्ट्र बैंकको नियमनको कारणले संभव भएको हो।

मुलुकको आर्थिक सम्वृद्धिको कस्तो नीतिको आवश्यकता छ?

देशको विकासका लागि निजी क्षेत्रको लगानी अपरिहार्य छ। स्वदेशी तथा विदेशी लगानीका लागि सरकारले लगानीको वातावरण बनाउने तथा प्रक्रियाहरुमा सहजिकरणको भूमिका निर्वाह गर्नुपर्छ। स्वदेशी र विदेशी लगानी सुरक्षाको सरकारले सुनिस्चित गर्नुपर्छ। यसले उत्पादन वृद्धि, रोजगारी सृजनासँगै प्रयाप्त कर संकलन हुन्छ।

मलेसिया विकास हुनुमा सरकारको सहजिकरणले हो भनेर त्यहाँको भूतपूर्व प्रधानमन्त्री मोहम्मद महाथिरले नेपाल भ्रमणको क्रममा सुनाउनुभएको थियो। राजनैतिक स्थायित्व, नीतिगत स्पष्टता, लगानी मैत्री वातावरणको निर्माण, उर्जासंकटको अन्त्य र सुरक्षाको सुनिस्चितता सहितको नीति अहिलेको आवस्यकता हो।

नेपालमा अपेक्षित रुपमा किन विदेशी लगानी भित्रिएन?

बाहिरबाट हेर्दा राजनीतिक स्थिरता नभएकाले समस्या देखिएको छ। लगानीको स्पष्ट नीति र नाफा फिर्ता लैजान पाउने व्यवस्था सुनिश्चित हुनुपर्छ। आन्तरिक लगानीको सुरक्षाको सुनिस्चित हुनपर्‍यो। सरकारले नीति बनायो भने स्वत लगानी बढ्छ।

लगानी भित्राउन सरकारलाई सुझाब?

सबैले लगानीको सुरक्षा खोज्ने भएकाले राजनीतिक स्थिरताको वातावरण बनाउनु पर्‍यो। स्वदेशी लगानीको सुनिस्चितता हुँदासाथ विदेशीहरु पनि आकर्षित हुन्छन्। लगानीको लागि अहिलेका प्रक्रियागत झन्झटलाई हटाउनुपर्‍यो। विदेशी लगानीकर्ताहरु पनि नेपालको निजी क्षेत्रसँग सहकार्य गर्न निकै उत्सुक छन्। यस्तो अनुकुल अवस्थामा सरकारको तर्फबाट गर्ने कार्य तथा वातावरण राम्रो भएमा आन्तरिक तथा वाह्य लगानी बढाउन सजिलो हुन्छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution