हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

क्यानडामा बुद्धदर्शन बारे खेन रिन्पुचे निमा तामाङ बाट प्रवचन

n

हिन्दुबुद्धिष्ट फाउण्डेशन अफ क्यानडाले गत आईतवार जून १२ तारिख २०१६ का दिन भान्कुवरको सरे सिटि सेन्टर लाईब्रेरीमा नेपालबाट पाल्नु भएका खेन रिन्पुचे निमा तामाड. गुरुज्यूसंग भेटघाट तथा प्रवचन कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रम शुरुगर्दै कार्यक्रमका संचालक तथा संस्थाका महासचिव डा. सुनिल हमालले संस्थाको उद्देश्य र स्थापनाको संक्षिप्त जानकारी दिनुभयो ।

त्यसपछि खेन रिन्पुचे निमा तामाड. गुरुज्यूबारे संक्षिप्त जानकारी शम्भु लामाले दिनु भयो । उहांले खेन रिन्पुचे निमा तामाड.को जन्म ललितपुरको बतासे डांडा, जुन काठमाण्डौं शहरबाट करिब ६० किलोमिटर दक्षिणमा पर्दछ मा भएको हो । उहांले आफ्नै गाउंमा स्कूलको शिक्षा हासिल गरेपछि भारतको कर्नाटक राज्यमा स्थित नमड्रोलिड. मोनास्ट्रीमा अध्ययन गरी धार्मिक उच्च शिक्षा हासिल गर्नु भयो, यस्तो धार्मिक उच्च शिक्षा प्राप्त गर्ने उहां पहिलो नेपाली हुनुहुन्छ । शिक्षा प्राप्त पछि नेपाल फर्कि आफ्नै पूर्खाको आर्जित १५ रोपनि जग्गा र पछि अरु थप १० रोपनी जग्गामा आफ्नै पहलमा एउटा गुम्बाको स्थापना गर्नुभयो । उक्त गुम्बा निर्माणमा सरकार वा अरु आधिकारीक ब्यक्तिहरुबाट कुनै सहयोग नपाईएको, त्यसका लागि खेन रिन्पुचे निमा तामाड.ले एशियाका विभिन्न देशहरुमा पटक पटक भ्रमण गर्दै, सहयोग जुटाउन अपिल गर्दै चन्दा, सहयोग संकलन गरी निमार्ण गरिएको जानकारी दिनु भयो ।

त्यसपछि कार्यक्रममा बोल्ने क्रममा खेन रिन्पुचे निमा तामाड. ज्यूले बुद्ध जयन्तीको अबसरमा संसारभरका नेपालीहरु एक भई एकताको संकेत दिएको, बुद्ध नेपालमा जन्मेको भन्ने तुल, ब्यानर, कार्ड बोकेर संसारभर र्याली मनाएको निकै राम्रो हो । तर त्यो संदेशलाई अझ बिदेशी आधिकारीक निकायहरुमा पनि पुर्याउने पहलभएमा त्यस्ता कार्यक्रमहरु शसक्त हुने विचार प्रकट गर्नुभयो ।

त्यस्तै उहांले आज बुद्ध जन्मेको २५६० बर्ष पुग्दा, विश्वका धेरै ब्यक्तिहरु बुद्धको शिक्षामा निपूर्ण भई धाराबाहिक प्रवचन दिन सक्ने भईसक्दा बुद्ध जन्मेकै भूमिमा बुद्ध सम्बन्धि शिक्षा प्रवचन दिने नेपाली समाजमा निकै कम देखिंदा दुःख लाग्ने गरेको बताउनु भयो । सबै नेपालीले बुद्धका शिक्षामा केही जानकारी अबश्यै राख्नु पर्ने आवश्यक छ । संसारमा सबै धर्मका बिचमा सदभाव छ । बिबिध राजनैतिक कारणले मात्र विश्वमा धार्मिक मतभेद भएको पाईन्छ । नेपालमा भने झनै हिन्दु बुद्धिष्ट बिचमा भाई दाईको सम्बन्ध छ भन्नुभयो । धर्म र दर्शन दुई फरक पाटाहरुहुन । धर्म आफ्नो आस्था अनुसार अबलम्बन गरिन्छ भने दर्शन कुनै पनि धर्मको अबलम्बन गर्न सकिन्छ । मानव जिवन कसरी बिताउने भन्ने मार्ग, दर्शनले दिन्छ । दया, माया, करुणाको सन्देश संसारका सबै धर्मले दिएको छ ।

धार्मिक सहिष्णुता भएमा सबै मानवको कल्याण हुने बताउनु भयो । कर्म गर्नु र सन्तुष्टि लिने गर्दा नै मनमा शान्त हुन्छ । लोभ र इष्र्या जागेमा त्यो प्राप्त गर्ने ईच्छा जाग्छ जसले दुःख निम्त्याउंदछ । अरुको दुःख देख्दा सहयोगको भावना जागृत हुने, सबैको भलो, सुख चाहने लाई बोधि चित्त भनिन्छ । कर्म गर्न शरिर, वचन र मन (चित्त) को प्रयोग हुन्छ । यसमा चित्त मूल हो । त्यसैले बुद्ध धर्ममा भनिएको छ चित्त शुद्ध गर । यदि दुःख चाहदैनौ भने नराम्रो नगर, कुभलो नचिताउ । आफ्नो मालिक आफैं बन, नैतिकता पूर्ण जिवन बांच भन्ने बुद्धका सन्देश, ज्ञानहरुबारेमा उहांले प्रकाश पार्नुभयो ।

उक्त कार्यक्रममा उपस्थितहरु मध्ये उमेश घिमिरे, रजनी आचार्य, नगेस बराल, देव अधिकारीले आफ्ना जिज्ञासाहरु, प्रश्नहरु राख्नुभएकोमा खेन रिन्पुच निमा तामाड.ज्यूले अति प्रष्ट र चित्त बुझ्दो पारामा उहांहरुले नेपालका बिभिन्न भागमा बुद्ध धर्मका ज्ञानका प्रवचन दिने गरेको र प्राचिन अन्धविश्वास र कुरीतीहरु कम हुंदै गएको, हालै नेपालमा धर्म निरेपेक्ष हुनु पर्ने, यदि त्यसो नभए बुद्धको देश भनेर उल्लेख भएमा मान्यहुने भन्ने अभिव्यक्ति दिंदा धेरैको सर्मथन पाएको भनी बताउनु भयो । त्यस्तै हिन्दु बुद्धिष्ट फाउण्डेशन अफ क्यानडा स्थापना हुनु धेरै राम्रो भएको र भविश्यमा एउटै भवनभित्र एकातिर हिन्दुका देवताहरु र अर्कोतिर बुद्धको मूर्ति स्थापना गरी धार्मिक सदभावका साथ अगाडि बढन सबैलाई सुझाब पनि दिनु भयो ।

कार्यक्रको अन्त्यमा संस्थाका अध्यक्ष मधु आचार्यले खेन रिन्पुचे निमा तामाड.ज्यूलाई सम्मान स्वरुप खाता र प्लाक प्रदान गर्नुभएको थियो । उहांले खेन रिन्पुचे निमा तामाड.ज्यूको करिब महिना दिनको उत्तर अमेरिका भ्रमण गर्ने क्रममा अमेरिका र क्यानाडाका बिभिन्न शहरहरुमा बुद्धका सन्देशहरु दिंदै बिभिन्न कार्यक्रममा सहभागी हुंदै नेपाल फर्कने क्रममा केहि दिन अघिमात्रको आफ्नो निमन्त्रणा स्वीकार गरी यो कार्यक्रममा सहभागी भै बुद्धका ज्ञानहरु र संस्थालाई मार्ग प्रदर्शन दिनुभएकोमा धन्यवाद ज्ञापन गर्नु भयो । त्यस्तै खेन रिन्पुचे निमा तामाड.ज्यूसंग सम्पर्क गरी कार्यक्रम सफल पार्न सहयोगी गर्नुहुने शंभु लामा, विकास लामा र रत्न राई ज्यू लगायत उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।@डिसीनेपाल |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution