हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

कुमार लिङ्देनलाई हटाएर लिम्बुवान् पार्टीको नेतृत्वमा सञ्जुहाङ पालुङ्वा

Kumar-Lingden
झापाः सङ्घीय लिम्बुवान् पार्टी नेपालको अध्यक्षबाट कुमार लिङ्देनलाई हटाएर सञ्जुहाङ पालुङ्वाले नेतृत्व लिएका छन् ।

अध्यक्ष लिङ्देनसँग असन्तुष्ट पार्टीका बहुमत केन्द्रीय पदाधिकारी तथा सदस्यको भेलाले लिङ्देनलाई अध्यक्ष पदबाट हटाएर पालुङ्वालाई नेतृत्व दिएको हो ।

पालुङवा अग्रज लिम्बुवान् नेता मानिन्छन् । लिङ्देनसँग असन्तुष्ट पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यको भेलाले आयोजक समिति निर्माण गर्दै त्यसको जिम्मेवारी पालुङ्वालाई दिएको हो ।

पालुङ्वा संयोजक रहेको समितिले पत्रकार सम्मेलन गरेर चारबुँदे निर्णय समेत सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा संयोजक पालुङ्वाले लिम्बुवान स्वायत्ता प्रदेश प्राप्तिको आन्दोलनमा सबै एकता पक्षधरलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा लिम्बुवान पार्टीका सर्वोच्च नेता मानिने कमल छाराहाङ लगायतको उपस्थिति थियो । मधेस आन्दोलनलाई समर्थन गरेको भन्दै लिम्बुवानभित्र कुमार लिङ्देनको चर्को आलोचना हुँदै आएको थियो ।

अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गर्नुपर्ने माग गर्दै केही वर्षयता लिम्बुवान आन्दोलन चर्कदै आएको छ । माओवादी विद्रोहबाट औपचारिक रुपमा सुरु भएको लिम्बुवान आन्दोलन पछिल्ला दिनमा लिम्बुवान पार्टीकै रुपमा स्थापित भएको छ ।

लिम्बुवान पार्टी भित्रको विवादले आन्दोलनले ठोस गती लिन नसकेको समाचार अन्नपुर्ण पोस्टमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution