नयाँ शक्तिको खर्च १ करोड ४ लाख , बचत ५० लाख

जेष्ठ ३२, २०७३- बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले पार्टी घोषणासभाको खर्च विवरण सार्वजनिक गरेको छ ।लेखा शाखाको नाममा सविना अर्यालद्वारा प्रकाशित खर्च विवरणमा १ करोड ६१ लाख ३७ हजार ३ सय रुपैयाँ जम्मा भएको उल्लेख छ ।
खर्च विवरणमा १ करोड ४ लाख १ हजार ८० रुपैयाँ खर्च भएको, ५० लाख ८ हजार २ सय २७ रुपैयाँ वचत भएको उल्लेख छ । बैंक मौज्दात भने ७ लाख २७ हजार ९ सय ९३ रहेको छ ।
आक्रामक प्रचार प्रसार भएपछि नयाँ शक्तिको खर्चलाई लिएर सामाजिक सञ्जालमा प्रश्न उठाइएको थियो ।
राजनीतिक दलहरुले ठूला कार्यक्रमपछि तत्कालै खर्च विवरण सार्वजनिक गर्ने प्रचलन यसअघि थिएन ।