‘समृद्धि सपना’ हवाई कल्पना होइन- डा . बाबुराम भट्टराई

नयाँ शक्तिको दुई दिने छलफल शत्रमा समापन मन्तव्यको क्रममा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्तिले देखेको ‘समृद्धि सपना’ हवाई कल्पना नभएको बताए । ‘यो हवाई कल्पना होइन, अवश्य पूरा हुन्छ । त्यसको स्पष्ट खाका नयाँ शक्तिसँग छ,’ बाबुरामले भने ।
एकै दिनमा सबै मौसम हुने सुन्दर देशका नागरिक खाडीमा गएर पसिना बगाउनु परिरहेकोमा दु:ख व्यक्त गर्दै भट्टराईले उनीहरुलाई नेपाल फर्किने वातावरण बनाउने बताए । विदेशमा रहेका नेपाली युवामात्रै होइन, विदेशीहरु पनि नेपाल आएर काम गर्ने दिन आउने उनको भनाइ थियो ।
समुद्रको मोती
‘मोती टिप्न समुद्र पुग्नु पर्ने’ आसयको गीतको प्रसंग उल्लेख गर्दै उनले नयाँ शक्ति पनि समृद्धिरुपी मोती टिप्न समुद्रमा हामफालिसकेको बताए । मोदी नटिपी समुद्रबाट नउत्रिने उनको भनाइ छ ।
राजनीतिक क्रान्ति सम्पन्न गर्न भएको ढिलाइले आर्थिक विकास हुन नसकेको भन्दै बाबुरामले अब नेपाल आर्थिक विकासको युगमा प्रवेश गरेको बताए ।
भ्रष्ट र विकास विरोधी मात्रै हाम्रो दुश्मन
नयाँ शक्तिले परिवर्तन र विकासका पक्षका पक्षधर सबैलाई आफ्नो मित्र शक्ति मान्ने उनले बताए । अबको दायरा फराकिलो हुनेभन्दै भट्टराईले भने, ‘विकासविरोधी र भ्रष्टाचारीमात्रै हाम्रो दुश्मन हुन् ।’