हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

बिरयानी के-के न होला भनेको दुई पिस मासु र भुटेको भात पो रहेछ…..

biryani
काठमाडौँ : केही दिन अघिदेखि सामाजिक सञ्जालमा हिट भएको एउटा विषय थियो – नयाँ शक्तिको नयाँ परिकार। बाबुराम भट्टराईको बिरयानी। नयाँ पार्टीका १५ सयलाई बिरयानी खुवाउने समाचार उनको प्रचार विभागबाट अलग शीर्षक नै राखेर आयो जसलाई मिडियाले समाचार पनि बनाए।

सोमबार काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको छलफल सत्रका दिन प्रतिनिधिहरुलाई त्यही बिरयानीको व्यवस्था गरेको थियो। नयाँ शक्ति पार्टीको भोज पनि नयाँ बनाएर प्रचारित त्यो बिरयानी प्रतिनिधिका लागि पनि उत्सुकताको विषय थियो। प्रतिनिधिसँगै केन्द्रीय परिषद सदस्य पनि उत्सुक थिए आखिर यो बिरयानी हुन्छ् कस्तो?

जब प्रतिनिधि तथा स्वयंसेवकले बिरयानी चाखे, त्यसपछि उनीहरु आफैले जवाफ भेटे – बिरयानी भनेको त भुटेको भात पो रहेछ।
‘भुटेको भात पनि बासी जस्तै रहेछ’ एक प्रतिनिधिले भने, ‘दुई पिस चिकेन थियो दुई पिस सलाद। खाना निल्नलाई नै गाह्रो भएर मैले त छोडिदिएँ, बाहिर गएर केही खाएर आउँछु।’
ती प्रतिनिधिले आफू त्यो असन्तुष्टि औपचारिकरुपमा राख्न तयार नभएको बताउँदै ‘यही पार्टीमा भविस्य खोज्ने भएकाले त्यस्ता असन्तुष्टि राख्न तयार नहुने’ हामीसँग बताए।

केही प्रतिनिधिहरु बसेको ठाउँमा भन्दै थिए, ‘यस्तो चिज रहेछ, म त राम्रै भएर प्रचार भएको होला भन्ने ठानेको थिएँ।‘ अर्का स्वयंसेवकको कार्ड झुण्ड्याएका व्यक्ति उनलाई भन्दै थिए, ‘मलाई त भुटेको भात भन्ने पहिले नै जानकारी थियो तर नयाँ भन्दै प्रचार गरेकाले केही भनिनँ।’

बिरयानीबारे नेताहरु चाहिँ के भन्छन् त? नयाँ शक्तिका केन्द्रीय परिषद्का सदस्य खिमलाल देवकोटाले प्रचारका क्रममा के रहेछ भन्ने लागे पनि खाए पछि खास आकर्षित नभएको बताए।
‘बिरयानी ख्वाउने भन्ने समाचारमा आयो, भाइरल भयो। हामीलाई पनि के रहेछ भन्ने लागेको थियो’ देवकोटाले भने, ‘तर अहिले गएर खाएको त भुटेको भातमा दुई पिस चिकेन राखेको हुँदो रहेछ। अरु केही पनि नहुँदो पो रहेछ।’ उनले व्यवस्थापन उपसमितिले गरेको व्यवस्था नेपालीहरुका लागि उपयुक्त खालको नभएको बताए।

‘अहिले खाएर आएँ। मैले म खास खानाको सौखिन हैन र ‘हेभी डाइट’ पनि गर्दिनँ। ठीकै भयो,’ उनले भने, ‘तर नेपाली खाना दालभात, तरकारी, आचार खाएको जिब्रोलाई त्यो नहुने रहेछ।’
देवकोटाले अरुको अनुभव पनि सुनाए, ‘प्रतिनिधि साथीहरुले समेत बिरयानी भनेको के-के न होला भनेको त बासीभात पो रहेछ भन्दै ठट्टा गर्दै थिए।’

प्रज्ञा भवनमा आज करिब दुई हजारले बिरयानी खाएका थिए।@पहिलो पोस्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution