हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

संघीय गठबन्धनको अनशनमा नेता वैद्यको ऐक्यबद्धता

baidha
काठमाडौं, जेठ ३१ – विभिन्न २६ बुँदे माग राखी सङ्घीय गठबन्धनले खुलामञ्चमा जारी राखेको रिले अनशनमा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले ऐक्यबद्धता जनाउनुभएको छ ।

दिउँसो अनशनस्थलमा पुगी वैद्यले ऐक्यबद्धता जनाउनुभएको हो । अनशनलाई ऐक्यबद्धता जनाउँदै वैद्यले सङ्घीय गठबन्धनले उठाएका माग जायज भएकाले आफ्नो समर्थन रहेको बताउनुभयो । उहाँले अहिलेको संविधान जनताको संविधान नभएकाले सबैलाई समेट्ने किसिमको संविधान बनाउनुपर्नेमा जोड दिनुभयो ।

“अहिलेको संविधानले आदिवासी जनजाति, पिछडिएका जनतालाई संविधानले समेट्न सकेको छैन”– उहाँले भन्नुभयो, “यो प्रतिगामी संविधानको विरुद्ध जनताको संविधान बनाउनु पर्दछ ।” वैद्य माओवादीका अर्का नेता सिपी गजुरेल उहाँसँगै अनशनस्थल पुग्नुभएको थियो ।
यसैगरी, गठबन्धनका संयोजक तथा सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो । उहाँले आन्दोलनको स्वरुप परिवर्तन गरेर आन्दोलन गरिने बताउनुभयो ।

जेठ २५ गतेदेखि सुरु भएको रिले अनशनमा आज सङ्घीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई, तराई–मधेस सद्भावना पार्टीका सहअध्यक्ष रामचन्द्र कुशवाह, राष्ट्रिय मधेस समाजवादी पार्टीका केशव झा, मधेसी जनाधिकार फोरम गणतान्त्रिकका सुरिता यादवलगायत ३० जना नेता अनशनमा बस्नुभएको छ । असार मसान्तसम्म चल्ने रिले अनशन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुन्छ । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution