हेडलाईन

प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न        

नयाँ शक्तिको घोषण : रंगशालाको दृश्यले के भन्छ ?

naya3
३० जेठ, काठमाडौं । नयाँ शक्ति नेपाल पार्टी घोषणा कार्यक्रम नजिकँदै गर्दा राजधानीमा धेरैले प्रश्न गर्थे- बाबुराम भट्टराईले गरी खालान् ? उनको पार्टी कस्तो र कत्रो होला ?

आइतबार दशरथ रंगशालाबाट औपचारिकरुपमा पार्टी गठन गरिएपछि पनि बाबुराम नेतृत्वको पार्टीमाथि यही प्रश्न बाँकी नै छ कि आगामी चुनावमा यो पार्टी कत्रो होला ? राप्रपा नेपाल वा माओवादी केन्द्र जत्रै कि एमाले-कांग्रेस जत्रो ?

पार्टी घोषणासभामा शुभकामना मन्तव्य दिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले १५/२० हजारको संख्यामा कार्यकर्ताहरुको उपस्थिति देखेपछि यो पार्टीले अब एमालेबाहेक अरु दललाई धक्का दिन सक्ने विश्लेषण सुनाए । आफैं एमालेको अध्यक्ष भएकाले ओलीले आफ्नो पार्टीलाई बचाऊ गर्नु स्वाभाविकै थियो । तर, प्रधानमन्त्रीको अभिव्यक्तिले अब नयाँ शक्ति पार्टीले राप्रपा नेपाल, एमाओवादी, कांगेस र मधेसी मोर्चालाई धक्का दिने प्रष्ट पारेको छ ।

प्रधानमन्त्री ओलीको विश्लेषणलाई आधार मान्ने हो भने अब बाबुराम नेतृत्वको नयाँशक्तिको प्रतिस्पर्धा कांग्रेस र एमालेसँग नै हुनेछ ।

पहिलो दल बन्ने दाबी

प्रधानमन्त्री ओलीले अब नयाँशक्तिले एमालेबाहेक अरुलाई धक्का दिने बताए पनि नयाँशक्तिका संयोजक डा. भट्टराईले चाहिँ आगामी दुई वर्षभित्र आफ्नो पार्टी मुलुकको पहिलो दल बन्ने दाबी गरे ।

तर, प्रधानमन्त्री ओलीले भनेजस्तो आफूहरुले कसैलाई पनि धक्का नदिने र कुनै दलको पनि विरोधमा लाग्नुभन्दा मिलेर नीति कार्यक्रममा आधारमा अघि बढ्ने सन्तुलित अभिव्यक्ति दिए ।

प्रचण्डलाई जित्ने कि कांग्रेसलाई ?

नयाँशक्तिको क्षमता कति होला भन्ने कुराको आँकलन सो पार्टीकै नेता कार्यकर्ताले पनि गर्न सकेका छैनन् । सात महिना अघिबाट गृहकार्य थालेर आइतबारमात्रै घोषणा गरिएको यो पार्टीले कुनै पनि चुनावमा भाग नलिएको हुँदा यसको जनमत परीक्षण हुन बाँकी छ ।

नयाँ शक्ति पार्टीका कार्यकर्ताहरुमा आफ्नो शक्तिबारे दुई खालको मत पाइने गरेको छ । विशेषतः पूर्वमाओवादीहरुले अब प्रचण्ड नेतृत्वको माओवादी केन्द्रभन्दा आफ्नो दल ठूलो हुने दाबी गरेका छन् ।

तर, नयाँ शक्तिभित्रको गैरमाओवादी खेमाले भने प्रचण्डको पार्टीलाई इण्डिकेटर बनाउन नहुने भन्दै आगामी चुनावमा कांग्रेस र एमालेलाई जित्ने लक्ष राख्नुपर्ने बताएका छन् । प्रचण्ड र कमल थापाको पार्टीलाई अहिले तत्कालै चुनाव लड्दा पनि जितिने उनीहरुको दाबी छ ।

रंगशालाको दृश्यले के भन्छ ?

निर्वाचनमा प्रतिस्पर्धा गरिनसकेको र भर्खरै जन्मिएको पार्टी भएकाले नयाँशक्तिको क्षमता मापन गर्ने प्रमुख आधार आइतबार रंगशालामा देखिएको प्रदर्शनलाई बनाउनुपर्ने हुन्छ । रंगशालाको प्याराफिटबाहेक मैदानमा लगभग भरिएको अवस्थामा रहेको र गेटमा पनि मानिसको सामान्य ‘फ्लो’लाई हेर्दा त्यहाँ १५/२० हजार मानिसहरु सहभागी भएको अनुमान गर्न सकिन्छ ।

रंगशालाको प्याराफिट माथिबाट पहरा दिइरहेका एक प्रहरीलाई हामीले सोध्यौं, तपाईको विचारमा यहाँ कति मानिसहरु थिए होलान् ? उनले १५ देखि २० हजारसम्म मानिसहरु उपस्थित भएको हुन सक्ने अनुमान लगाए ।

कतिपयले रंगशालामा २५ हजार मानिस अट्न सक्ने बताएका छन् । डा. बाबुराम भट्टराईले चाँहि पचास हजार अभियन्ताको उपस्थितिमा पार्टी घोषणा गरिएको र यतिधेरै मानिस एकै ठाउँ भेला भएर पार्टी घोषणा गरिएको संसारमा पहिलो घटना भएको बताए ।

रंगशालामा एक लाख मानिस उतार्ने भनिएको थियो । तैपनि १५/२० हजारै सही, त्यति मानिसको उपस्थितिमा पार्टी घोषणा गरिनुलाई उत्साहजनक घटनाक्रम नै मान्न सकिन्छ । यो उपस्थितिलाई लिएर नयाँशक्तिका अभियन्ताहरु उत्साही देखिएका छन् भने अन्य प्रतिस्पर्धी दलहरु झस्किएका छन् । बाबुरामको यो शक्ति देखेर सबैभन्दा बढी माओवादी केन्द्रका नेता कार्यकर्ताहरु झस्किएको महसुस गर्न सकिन्छ ।

रंगशालाको उत्साहजनक उपस्थिति र पार्टी सदस्यता लिनेहरुको संख्या देश विदेशमा गरेर एक लाख कटेको अवस्थालाई हेर्दा नयाँशक्ति पार्टीलाई अब अन्य प्रतिस्पर्धी दलहरुले मान्यता दिनुपर्ने स्थिति आएको छ । र, कमसेकम अब यो पार्टीको भविश्यबारे बहस शुरु भएको छ आइतबारको कार्यक्रमपछि ।

कस्ता मान्छे थिए रंगशालामा ?

नयाँशक्तिको पार्टी घोषणासभामा के-कस्ता मानिसहरु आएका छन् भनेर जान्नका लागि हामी कार्यक्रमस्थलमै पुग्यौं । त्यहाँ मधेसी प्रौढ महिलाहरुको पनि बाक्लो उपस्थिति देखिन्थ्यो । धोती लगाएका सामान्य किसान परिवार मधेसी र थारुहरु पनि थिए । पहाडका जनजाति र क्षेत्रीबाहुन समुदायको बाहुल्य थियो । उमेर समूहको हिसाबले वृद्ध, प्रौढ, युवा र केही किशोरावस्थाका मानिस पनि थिए ।

ठूलो पार्टीको सभामा उपस्थित हुने मानिसहरुको विभिन्न समुदायजस्तै मिसमासे उपस्थिति देखिन्थ्यो । विभिन्न जिल्लाबाट बस रिजर्भ गरेर ती कार्यकर्ताहरु पार्टी घोषणामा सहभागिता जनाउन आएका थिए ।

विप्लव माओवादीले केही हप्ता अघि खुल्लामञ्चमा गरेको कार्यक्रममा विद्यालय उमेर समूहका विद्यार्थीहरु बढी सहभागी गराइएको थियो तर, नयाँशक्तिको कार्यक्रममा त्यस्तो खास उमेर समूह वा खास जातीय समुदायको मात्रै सहभागी थिएन ।

नयाँशक्ति घोषणा कार्यक्रममा तेस्रोलिङ्गीहरुको पनि उपस्थिति देखिएको थियो । कार्यक्रमस्थलमा देखिएको बहुआयामिक सहभागिताले रंगशालामा कुनै ठूलै राष्ट्रिय पार्टीको कार्यक्रमको झल्को दिइरहेको प्रतीत हुन्थ्यो ।

मनोवैज्ञानिक धक्का

आइतबारको कार्यक्रमले प्रधानमन्त्री ओलीले भनेजस्तै ‘धक्का’ दिएकै छ । सबैभन्दा बढी ‘धक्का’ शहरको मध्यमवर्गीय तप्कालाई दिएको छ । ‘बाबुरामले गरीखाँदैनन्’ भन्ने तप्कालाई धक्का दिन उनी मनोवैज्ञानिकरुपमा सफल भएका छन् । अब यसलाई कसरी निरन्तरता दिन्छन् र संस्थागत गर्छन्, त्यो चाँहि आगामी दिनले देखाउला ।

यसका साथै माओवादी केन्द्र र अन्य दलका नेताहरुलाई पनि बाबुरामको शक्ति प्रदर्शनले तरंगित बनाएको छ । @ अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution