हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नयाँ शक्ति घोषणामा बाबुराम भट्टराईले व्यक्त गर्नु भएको १९ तर्कहरु

brbb
काठमाडौँ : दशरथ रंगशालाबाट नयाँ शक्ति पार्टीको घोषणा गरेका डा. बाबुराम भट्टराईले झण्डै २ घण्टा लामो भाषणमा कसैलाई गाली गरेनन्। उनले आफ्नो पार्टीले लिएको नीतिबारे प्रष्ट पार्न समय खर्चिए भने आफ्नो व्यक्तित्वबारे उठेको प्रश्नबारे प्रष्ट पार्न खोजे। भट्टराईले विदेश नीतिदेखि दलित जनजातिका मुद्दा तथा इतिहासदेखि लोकतान्त्रिक आन्दोलन र संविधान बनेपछिको कालखण्डको ब्याख्यामा सयम व्यतित गरे। के भने त बाबुराम भट्टराईले मञ्चबाट ?

सुनको छाना हाल्ने पार्टी

नेपालको पहिलो कालखण्डमा एकीकरणले प्रधानता पाएको, दोश्रो कालखण्डमा लोकतन्त्रले प्रधानता पाएको उल्लेख गर्दै भट्टराईले घरको जग खडा भइसकेकोले अब आर्थिक विकास र समृद्धिको सुन्दर छाना हाल्नुपर्ने बताए। ‘भित्ता बिनाको छाना बिनाको घर बस्न लायक हुन्न। नयाँ शक्तिले घर माथिको सुनको गजुर हाल्नुपर्छ’, उनको भनाई थियो।

१ सय ८० माथि थप एउटा पार्टी होइन

भट्टराईले नयाँ शक्ति १ सय ८० माथिको थप पार्टी नभएको बताए। ‘वैकल्पिक सोच र संस्कृतिको पार्टी हो। हिजो चार पाँच जना मान्छे भेला भएर पार्टी घोषणा गर्थे। आज पचासौँ हजार उपस्थित भएर पार्टी घोषणा भयो।’

विकास प्रिय शब्द होइन

भट्टराईले आफ्नो पार्टीले दिएको विकासको नाराको प्रतिरक्षा गर्दै विगतमा दिइएको भन्दा फरक भएको दावी गरे। ‘पञ्चायतमा पनि विकासको मूल फुटाउने कुरा हुन्थ्यो’, भट्टराईले भने, ‘विकास र समृद्धि फरक कुरा हो।’

अर्जुनले आँखा देखे अरुले चरा र रुखको हाँगा

भट्टराईले महाभारतको प्रसङ्ग उठाउँदै भने – द्रोणाचार्यले पाण्डवहरुलाई लाइनमा राखेर रुखमा चरा झुण्ड्याएर तीर हान्न लगाउनु अघि सोधे – के देख्यौँ। कसैले रुखको हाँगो भने कसैले चरा भने। अर्जुनले चराको आँखा भने। उनले चरा खसाले त्यसलाइ अर्जुनदृष्टि भनिन्छ। हाम्रो अर्जुन दृष्टि पनि विकास र समृद्धिमा छ।

मेरो जीवनकालमा संसारको सबैभन्दा धनी देश

भट्टराईले आफ्नो जीवनकालमा नै संसारको सबैभन्दा धनी देश नेपाललाई बनाउने बताए। ‘२५ वर्षमा मेरो जीवनकालमा नै संसारको सबैभन्दा धनी देश बनाउँदै छौँ’, उपस्थितहरुलाई देखाउँदै भने, ‘तपाइँहरुको त (जीवनकाल) अझ लामो छ।’ उनले १५ वर्षमा देशलाई मध्यम आय स्तरको देश बनाउने र प्रतिव्यक्ति आय सात सय डलरबाट दश गुणा बढाउने दावी गरे।

शासकीय प्रणालीमा सुधार

भट्टराईले आफ्नो पार्टी संसद पूर्ण समानुपातिक र कार्यपालिका प्रत्यक्ष निर्वाचितको पक्षमा रहेको बताए। उनले मलेसियामा महाथिरले २० वर्ष र सिङ्गापुरमा लि क्वानले ३० वर्ष शासन गरेको उदाहरण दिदैँ भने – कम्तिमा नेपालमा पाँच वर्ष प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ।

पार्टीमा पालो कुर्दैमा बित्छ

भट्टराईले पार्टीहरुमा नयाँ पुस्ताले नेतृत्वका लागि पालो कुर्दैमा समय बित्ने गरेको बताए। ‘राज्य सत्तामा पुग्न त साठीदेखि सत्तरी वर्ष लाग्छ, हाम्रो पार्टीमा हामीले एउटा कार्यकारी पदमा २ कार्यकाल भन्दा बस्न नपाउने व्यवस्था गर्दैछौँ।’

जटिल भू राजनीति

दशरथ रंगशालाबाट भट्टराईले नेपाल भारत र चीन जस्तो दुई ठूलो देशको जटिल भू राजनीतिक अवस्थामा रहेको उल्लेख गर्दै बाह्य र ठूला राष्ट्रको हस्तक्षेपले अस्थिरता निम्त्याउने गरेको बताए। उनले अफगानिस्तान, सिरिया र यमनको उदाहरण समेत प्रस्तुत गरे। ‘२ सय वर्ष चेपिएर बस्यौँ, अब चेपिन जरुरी छैन। दुई समुन्द्रको बीचको गतिशील पुल बन्नुपर्छ। भारत र चीनको पुँजी र प्रविधि ल्याएर फाइदा उठाउन सकिन्छ।’

तपाइँका छोराछोरी राजनीतिमा कति आकर्षित छन्?

भट्टराईले रंगशालामा उपस्थितहरुलाई देखाउँदै राजनीति नै भ्रष्टाचारको मूल आधार रहेको उल्लेख गर्दै भने – तपाइँका छोराछोरीहरु राजनीतिप्रति कति आकर्षित छन्। पढेपछि देशमा बस्न पनि चाहँदैनन्। हामी राजनीति फोहोरको आहाल सफा गर्छौँ। राजनीति डर्टी गेम होइन।’

उनले राजनीति सफा गर्न सके तल मौलाएको भ्रष्टाचार अन्त्य गर्न सकिने तर्क गरे।

विचार र राजनीतिलाई माथि उठाउनुपर्छ

भट्टराईले अल्बर्ट आइन्स्टाइनको उदाहरण प्रस्तुत गर्दै कुनै पनि समस्या त्यही आधारभन्दा माथि उठेर मात्र समाधान गर्न सकिने उल्लेख गरे। ‘विचार र दर्शनले मान्छेको आविष्कार गरेको होइन’, उनले भने, ‘विचार र दर्शन धर्मशास्त्र होइन। हामी एउटा वाद घट्यो भने जात गएजस्तो सोच्छौँ। विचार र दर्शन एक ठाउँमा बस्ने चिज होइन।’

बाबुराम पनि पुरानै मान्छे

भट्टराईले आफूलाई बारम्बार सोध्ने र आफ्नो विषयमा जनताले पालेको बाबुराम पुरानै मान्छे भन्ने प्रश्नमा स्पष्टिकरण दिए। ‘जनयुद्धबाट आएको मान्छे कसरी नयाँ हुन्छ भन्ने सोचेको होला’, उनले भने,’मेरो बुबा यहीँ (रंगशालामा) बस्नु भएको छ। उहाँलाई हेर्नुभयो भने अहिले पनि उहाँ किसान देखिनुहुन्छ।’

उनले अगाडि भने, ‘अब मैले केही लिनुछैन। म कार्यकारी प्रधानमन्त्रीसम्म भएँ। मेरो छोरीको पुस्ताको निम्ती बाँकी जीवन अर्पण गर्छु भन्दा गलत के हुन्छ?’

बुद्धको जस्तै जोखिम

भट्टराईले माओवादी छाड्नुलाई बुद्धले तिलौराकोट दरबार छाडेको जस्तै गरी अर्थ्याए। ‘बुद्धले दरबार छाडेर निस्कँदा के भने होलान्। पागल भने होलान् । तर ध्यान र ज्ञानका लागि निस्किएका थिए। नयाँ काम गर्न जोखिम लिनुपर्छ। युगको आवाज सुनेर जोखिम उठाएको हो’, उनले नयाँ पार्टी सुरुवात गर्नुको कारणबारे भने।

सत्य निरुपण तथा मेलमिलाप आयोगको पूर्ण समर्थन

आफ्नो लामो सम्बोधनमा माओवादीको नाम लिँदै भट्टराईले भने ‘हामी माओवादीहरु निरंकुशताविरुद्ध विद्रोह गर्दा ज्यान गएको हो। त्यो अप्रिय कुरा थियो। क्रान्ति निर्मम हुन्छ। म सत्य निरुपण तथा मेलमिलाप आयोगको पूर्ण समर्थन गर्छु।’

भिष्म प्रतिज्ञा – बाबुरामले निजी सम्पति जोड्ने छैन

भट्टराईले आफू आर्किटेक्चर भएको उल्लेख गर्दै धेरैको घरको नक्सा कोरेको तर अब आफ्नो व्यक्तिगत घरको नक्सा नकोर्ने बताए। ‘जबसम्म सबै नेपालीहरुले घर हुँदैन, म आफ्नो निम्ति घर बनाउने छैन’, उनको भनाई थियो। उनले आफूले निजी सम्पति नजोड्ने बताए।

एउटी छोरी छ यही देशमा बसोस्

भट्टराईले आफ्नो छोरी मानुषी यही देशमा बसोस् भन्ने आफ्नो इच्छा रहेको सुनाए। ‘यही देशको विकासमा लागुन्’, उनले भने, ‘आउनुस् युवाहरु देशको नेतृत्व लिनुस्। विदेशमा गएकाहरु नेपालमा आउनुस्।’

पिएचडी भन्न आमाको पोल्टामा प्याज हुन्थ्यो

भट्टराईले आफूले लामो समय अधययनमा बिताउँदा निरक्षर आमाले पँधेरामा प्रश्न सामना गर्नु परेको प्रसंग कोट्याए। उनले आमाले छोराले के पढ्दैछ भन्ने प्रश्नको जवाफ दिन – चोलीको पोल्टामा प्याज बोक्ने गरेको बताए। ‘कसैले सोधे त्यही प्याज छामेर प्याज डी भन्नुहुन्थ्यो। उहाँ जीवनभर निरक्षर भएपनि तीक्ष्ण हुनुहुन्यो।’ उनले राष्ट्रपति, सभामुख र सर्वोच्च अदालतमा प्रधानन्यायाधीश महिला भए पनि महिलाहरुले अझै हिसांको सामाना गरिरहनु परेको बताए। नयाँ शक्तिले हाम्रा छोरी सबै ठाउँमा बराबरी नारा तय गरेको समेत बताए।

बलरामको हलो र इन्द्रको पानीको भर

भट्टराईले कृषिमा अझैपनि बलरामको हलो र इन्द्रको पानीको भर पर्ने अवस्था अन्त्य गर्न आवश्यक रहेको बताए। साथै उनले कृषकको जीवनस्तर सुधार हुनुपर्ने तर्फ पार्टीको ध्यान रहेको बताए।

कसैलाई तान्दैनौँ

भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शक्तिले एमाले बाहेकका मानिस तान्न सक्ने भनेर गरेको तर्कको खण्डन गरे। ‘हामी कसैलाई तान्दैनौँ। तान्ने लोभ्याउने सोच छैन। हामी कसैको भाग खोस्दैनौँ। अजेण्डाले नै नेतृत्व गर्छौँ।’

चील झैँ कावा खेल्छौँ

उनले नयाँ शक्तिले कुखुराले नखोस्रने दावी गर्दै चील झैँ कावा खेल्ने दावी गरे। उनले केन्द्रदेखि प्रदेशसम्म नयाँ शक्तिले पहिलो पार्टी बनेर नेतृत्व गर्ने बताए। ‘हामी कसैसँग दुश्मनी राख्दैनौँ’, भट्टराईको भनाई थियो।@पहिलो पोस्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution