नो ट्राफिक जाम’ : फुटपाथमा नयाँ शक्तिको जुलुस !

काठमाडौं – नयाँ शक्ति नेपालले आज राजधानीमा १ लाख मानिस उतार्ने दाबी गर्दै आफूहरुले गर्ने र्यालीले सडक आवागमन अबरुद्ध नगर्ने प्रतिबद्धता जनाएको थियो । त्यसैअनुरुप आज नयाँ शक्तिले प्रतिबद्धतालाई पूरा गर्दै फुटपाथबाट र्यालीको आयोजना गरेको छ ।
ट्राफिक व्यवस्थापनका लागि नयाँ शक्तिले पूर्वट्राफिक प्रहरी प्रमुख गणेश राईलाई संयोजन गर्ने जिम्मा दिएको छ ।
अन्य दलहरुले सडकको बीचबाट र्याली गर्दै राजधानीमा ट्राफिक जाम हुने गर्दथ्यो ।
नयाँ शक्तिले राजधानीका विभिन्न स्थानबाट र्यावलीको आयोजना गरेको छ । कुपण्डोल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट निस्कने जुलुस दशरथ रंगशालामा पुगेर सभामा परिणत हुनेछ ।
बिजुलीबजारबाट महेन्द्र पासवान, रत्नपार्कबाट पासाङ शेर्पा, कुपन्डोलबाट हिसिला यमी र कालीमाटीबाट वामदेव क्षेत्रीको नेतृत्वमा र्याली निकालिएको छ ।
@रातोपाटी