हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

नयाँ शक्ति नेपालको आम्दानी र खर्च विवरण

ns
काठमाडौं- नयाँ शक्ति नेपालले पार्टी घोषणाको पूर्व सन्ध्यामा आम्दानी र खर्च विवरण सार्वजनिक गरेको छ। नयाँ शक्तिले पार्टी घोषणा कार्यक्रम सम्पन्न गर्न करिब १ करोड पाँच लाख लाग्ने अनुमान गरेको छ।

प्रवक्ता देवकोटाले जारी गरेको विज्ञप्तीमा एक लाख १४ हजार पाँच सय ४६ सदस्यको रेकर्ड अनुसार दस्यता शुल्कबाट एक करोड २० लाख २७ हजार तीन सय ३० प्राप्त हुने जनाइएको छ।

छलफल शत्रमा १५ सय प्रतिनिधि रहने र प्रवेश शुल्क ५०० का दरले सात लाख ५० हजार संकलन हुने जनाइएको छ। छलफल शत्रमा सचिवालय सदस्यहरुबाट १० हजार प्रवेश शुल्क लिइने छ । जसबाट नयाँ शक्तिलाई छ लाख ६० हजार प्राप्त हुने छ।

नयाँ शक्तिले अन्तरिम केन्द्रीय परिषदका सदस्यहरुलाई कम्तीमा पाँच हजार नघटाई स्वेच्छिक सहयोग गर्न अनुरोध समेत गरेको देवकोटाले बताए। जसबाट कम्तिमा १० लाख उठ्ने अनुमान रहेको छ।

अहिले सम्म समर्थकहरुबाट २५ लाख सहयोग संकलन भएको विज्ञप्तीमा उल्लेख छ। बैंक खातामा अहिले सात लाख २७ हजार नौ सय ९३ रुपैयाँ रहेको पनि नयाँ शक्तिले जनाएको छ। यसरी उसले एक करोड ७६ लाखको आम्दानी अनुमान गरेको छ।

यस्तै प्रचार–प्रसारमा ३७ लाख खर्च भएको जनाइएको छ। पार्टी घोषणा सभा व्यवस्थापनमा २० लाख, छलफल सत्रको खर्च १२ लाख, प्रतिनिधिहरुलाई वसोवास सहितको व्यवस्थापनमा १४ लाख, जनपरिचालन खर्च १० लाख र विविध खर्चमा १२ लाख अनुमान गरिएको देवकोटाले बताए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution